मंगलबार थप ११४ जनामा कोरोना संक्रमित पुष्टि, मृतक संख्या ३ हजार १४  पुग्यो

Corona and water 4 2fmfrz4t5a

काठमाडौँ । मंगलबार थप ११४ जनामा कोरोना भाइरस कोभिड–१९ संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ हजार ७९० जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न भागमा ११४ जना संक्रमित थपिएसँगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ७५ हजार ४२४ पुगेको छ । कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ९४ जना निको भएर घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ९४ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या २ लाख ७१ हजार ४९५ पुगेको छ । त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या ९ सय १५ रहेको छ । यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ५१ रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभर २ हजार ७९० जनाको पीसीआर परीक्षण हुँदा हालसम्म कुल २२ लाख २१ हजार ५१२ जनाको पीसीआर परीक्षण भएको छ । यसै गरी पछिल्लो २४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु भएको छैन । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १४ पुगेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...