वीर अस्पतालमा ७०० बेड निःशुल्क हुने, निःशुल्क गर्दा वार्षिक ५ करोड खर्च हुने

Bir hospital

काठमाडौं । शुक्रबारदेखि वीर अस्पतालमा ७ सय जनरल बेड बिरामीलाई निःशुल्क गरिएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सको कार्यकारी पदाधिकारीको निर्णयले सबै जनरल बेड बिरामीलाई निःशुल्क उपलब्ध गराउने निर्णय गरेको हो ।

यसभन्दा अगाडि वीरमा जनलर बेडमा बस्दा प्रतिबेड दुई सय रुपयाँ लिने गरिएको थियो । तर, ब्याबिन र आइसियू बेडको भने शुल्क लाग्नेछ । जनरल बेड सबै निःशुल्क गर्दा वार्षिक ५ करोड खर्च हुन्छ । अस्पतालमा क्याबिन, सघन उपचारकक्ष (आइसियू) गरी ९६० शय्या रहेका छन् ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको कार्यकारी परिषद्ले आजदेखि बिरामीका लागि ७ सय साधारण शय्या निःशुल्क गर्ने निर्णय गरेको अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले जानकारी दिए ।

उनले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतको विशेष पहलमा निःशुल्क शय्याको व्यवस्था गरिएको बताए । उनका अनुसार अस्पतालले ७ सय साधारण शय्या निःशुल्क गरिएको छ । मन्त्रालयको पहलमा शय्यावापत आउने पैसाको सोधभर्ना गर्नेगरी सर्वसाधारणका लागि निःशुल्क गरिएको हो ।

प्रतिकृया दिनुहोस