धनकुटामा शुरु भयो निःशुल्क वृहत शल्यक्रिया स्वास्थ्य शिविर

Dkt shibir

धनकुटा । धनकुटामा गरिव तथा असाहय र पहुँचविहीनहरुका लागि वृहत निःशुल्क शल्यक्रिया स्वास्थ्य शिविर धनकुटा अस्पतालमा शुरु भएको छ ।

अलोहवा मेडिकल मिसिन अमेरिकाको प्राविधक सहयोग र धनकुटा अस्पताल तथा सल्भ नेपालको सहआयोजनामा सोमबारदेखि वृहत निःशुल्क शल्यक्रिया स्वास्थ्य शिविर शुरु भएको हो ।

धनकुटा अस्पतालमा शुरु भएको वृहत निःशुल्क शल्यक्रिया स्वास्थ्य शिविरको पहिलो दिन १ सय ४१ जना विभिन्न रोगहरुका विरामीहरुको शल्यक्रियाका लागि स्क्रिनिङ भएको छ । त्यसैगरी ३७ जनाको दातको उपचार भएको थियो । पहिलो दिनको परिक्षणपछि मंगलबार १४ जना विभिन्न रोगका मेजर शल्यक्रियाको लागि तयारी गरिएको शिविर मुल आयोजक समितिका संयोजक रोशेष श्रेष्ठले बताए ।

उक्त वृहत निशुल्क शल्यकिक्रया स्वास्थ्य शिविरमा अमेरिकन लगायत विभिन्न देशहरुबाट विशेषज्ञ डाक्टहरुबाट पित्तको पत्थरी, पाठेघर, हर्निया, हाइडोशिल, पायन्स, थाईराइड, गाठागुठीको शल्यक्रिया र दाँतको उपचार गरिने छ ।

वृहत निशुल्क शल्यक्रिया स्वास्थ्य शिविर धनकुटा मुल आयोजक समितिका संयोजक रोशेष श्रेष्ठको अध्यक्षतमा सम्पन्न भएको उद्घाटन कार्यक्रममा अलोहवा मेकिल मिसिनका टि लिडरहरु डा. क्लेम्प क्रिष्टोफर, डा. विकास गुप्ता, डा. ब्राल्डी वाङ्ग, संविधान सभा सदस्य मनोहर नारायण श्रेष्ठ, धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

भीम दल गणका प्रमुख सेनानी सुमन थापा, सशस्त्र प्रहरी बल छिन्ताङ्ग गुल्मका गुल्मपती सुदनप्रसाद भारती, जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरिक्षक होमप्रसाद अधिकारी,जिल्ला अस्पताल धनकुटाका प्रमुख डा. अमिताम, अलहोवा मेडिकल मिसिनका सुरज थापा, हितेश कार्की, पुरेन्द्रलाल श्रेष्ठ,आर्थिक समितिका संयोजक दोर्ण प्रसाद गुरागाई, प्रचार समितिका संयोजक नगेन्द्र राई, स्वयम सेवक समितिका संयोजक शभ्भु प्रधान, रक्त संचार तथा एम्बुलेन्स समितिका संयोजक नरेन्द्र पोखरेल,आयोजक समितिका सदस्य विष्णु माया कन्ङवा, देवेन्द्र प्रधान, सचिवालय समितिका संयोजक रत्न दर्लामी,समाजसेवी असित नर सिंह थापा, मिन कार्की, ज्योती प्रधान, रेणु कार्की प्रधान, टिकाप्रसाद घिमिरे लगायतको सहभागीता रहेको थियो ।

सो अवसरमा वृहत निःशुल्क शल्यक्रिया स्वास्थ्य शिविर धनकुटा मुल आयोजक समितिका सचिवालय सदस्य विजय सन्तोषी राईले वृहत निःशुल्क स्वास्थ्य शिविरको उदेश्य र विगतमामा भएको शिविरको वारेमा जानकारी गराउँदै पूर्वी पहाडी जिल्लाहरुका गरिव तथा असाहय र पहुच विहिन विरामीहरुको लागी यो शिविरले जिवन दान दिने बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

नक्कली शरणार्थी प्रकरण : पूर्वमन्त्रीहरु टोपबहादुर रायमाझी र बालकृष्ण खाँण थुनामै रहने

Top bahadur rayamaghi and indra jit rai

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा थुनामा रहेका मध्ये पूर्वमन्त्रीहरु टोपबहादुर रायमाझी र बालकृष...