थप ५९ जनामा कोरोना संक्रमण, १ को मृत्यु, ६० डिस्चार्ज

Corona and water 4 2fmfrz4t5a

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५९ जनामा कोरोना भाइरस (कोभिड१९) संक्रमण देखिएको छ। संक्रमित हुनेमा २५ महिला ३४ पुरुष छन्।

२ हजार ७१५ स्वाब नमूना परीक्षण गराउँदा ५९ जनामा कोरोना संक्रमण देखिएको हो। यो सहित कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ८६९ पुगेको छ।

यस्तै मंगलबार थप ६० जना डिस्चार्ज भएका छन्। योसहित हालसम्म कोरोना जित्नेको संख्या २ लाख ७० हजार ९८७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

देशभर ८७० सक्रिय संक्रमित रहेका छन्। अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १२ पुगेको मन्त्रालयले जनाएको छ। मंगलबार कोरोनाबाट थप १ जनाको मृत्यु एको छ।

यस्तै अहिले ५६ जना क्वारेन्टिन र ८७० जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...