विश्वकै नमूना अस्पतालसहितको जहाजको उत्तरी चीनमा परीक्षण

Jahaj

एजेन्सी । एक अमेरिकी पानी जहाज मालिकको लागि चिनियाँ कम्पनीले निर्माण गरेको अत्याधुनिक सुविधासम्पन्‍न अस्पताल जहाजले उत्तर चीनको तियानजिन नगरपालिकामा समुद्री परीक्षण पूरा गरेको छ ।

लम्बाई १७४ मिटर र चौडाई २८।६ मिटर रहेको उक्त जहाज अत्यधिक गतिमा चल्ने क्षमता भएको सुविधासम्पन्‍न पानीजहाज हो । जहाजभित्र २७७ वार्ड तथा ६४१ शैया रहेका तियानजिङ सिङ्गाङ जहाज निर्माण कम्पनीले जनाएको छ ।

जहाज निर्माण कम्पनीका अनुसार जहाजभित्र पाँच तारे होटेल र सुविधासम्पन्‍न अस्पतालले उपलब्ध गराउने सबै खालका सेवाहरू जडान गरिएका छन् ।

जहाजको गति, आवाज र अन्य पक्षहरूलाई समुद्री परीक्षणका क्रममा परिणामहरूको यात्रामा जहाज धनीले प्रशंसा गरेको कम्पनीले बताएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

साग टिप्दा वडाध्यक्षले नै तिराए ५ हजार जरिवाना, अपमान सहन नसकेर महिलाले गरिन् आत्महत्या

Janakpur sucide

जनकपुरधाम । खेतमा साग टिपेर गल्ती गरेको निष्कर्ष निकाल्दै समाजको भेलाले जरिवाना तिर्न लगाएपछि धनु...