आज फागुन १० गते सोमबार, श्री पाथीभरा माताको दर्शन गर्दै हेर्नुस् आजको राशीफल

Pathibhara 2014

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
राजनीति तथा समाजसेवा फाप्ने भएपनि समय मध्ययम रहेकोछ । पढाइ लेखाइमा मन जानाले आगामी दिनमा भनेजस्तो नतिजा ल्याउँन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने घर परिवारका सदस्यहरुबिच घनिष्टता बढेर जानेछ । दिगो फइदा हुने व्यावसायमा लगानी गर्नको लागी सोच्ने वाताबरण बन्नेछ । कला तथा साहित्य क्षेत्रमा पनि राम्रो प्रगति हुनेयोग रहेकोछ । तरपनि स्वास्थ्यमा समस्या देखिन सक्छ सरसफाईमा बिशेष ध्यान दिनुहोला ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
अन्य क्रियाकलापमा ध्यान जादा पढाइ लेखाइ अधुरै रहनेछ । खानपानमा ध्यान नदिदा स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ । काम गर्दा ध्यान दिनुहोला काम बिग्रने तथा जरिवाना तिुर्नपर्ने हुनसक्छ । आकस्मिक रुपमा खर्च बढ्ने योग रहेकोछ भने अरुको भर पर्दा कामहरु बिग्रने अधिक सम्भावना रहेकोछ । तरपनि स्वास्थ्यमा समस्या देखिन सक्छ सरसफाईमा बिशेष ध्यान दिनुहोला ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
आम्दानीका बाटाहरु एक्कासि बन्द हुदा दैनिक रुपमा चलिरहेका कामहरु प्रभावित हुनेछन् । बिवादित विषयहरुको उठान नगनुहोला आफ्नो पक्षमा निर्णय आउने छैन । पढाइ लेखाइमा मन नजादा अरुभन्दा पछि परिने सम्भावना रहेकोछ । व्यापार व्यावसायमा लगानी गरेपनि नाँफा कमाउन केहि समय कुर्नु पर्नेछ । अग्रज तथा दाजुहरुसँग बिनाकारण विवाद हुने योग रहेकोछ । चाहेका बस्तुहरु समयमा उपलब्ध नहुँदा मन खिन्न हुनेछ ।स्वास्थ्यमा समस्या देखिन सक्छ सरसफाईमा बिशेष ध्यान दिनुहोला ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
खानेकुराको व्यापार व्यावसाय फस्टाएर जानेछ भने उद्योगमा लगानी गर्ने समय रहेको छैन । बुवा बुवा सरहका मानिसबाट तपार्ईँको काममा सहयोग हुनेहुदा अन्य काम गर्न सहज हुनेछ । सरकारी तथा प्रशासनि क्षेत्रमा तपार्ईँको बर्चस्व कायम रहनेछ भने माया प्रेममा एक अर्कालाई बिश्वास गर्दै अगाडि बढ्न सकिनेछ । तरपनि स्वास्थ्यमा समस्या देखिन सक्छ सरसफाईमा बिशेष ध्यान दिनुहोला ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
धर्म कर्ममा मन जाने हुनाले दिनभर जसो मन शान्त रहनेछ । सरकारि तथा प्रशासनीक क्षेत्रमा सेवा प्रभाह गर्नेहरुलाई रिजाएरु महत्वपूर्र्ण काम दिन सकिनेछ । पढाइ लेखाइमा सुधार भएर जानेछ भने आगामी दिनमा नतिजा आफैतिर ल्याउँन सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने एक अर्कालाई सहयोग गर्दै अगाडि बढ्न सकिनेछ । तरपनि स्वास्थ्यमा समस्या देखिन सक्छ सरसफाईमा बिशेष ध्यान दिनुहोला ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
कामगर्ने सवालमा आलोचनाको शिकार हुदा मन खिन्न हुनेछ । व्यापारमा लगानी गरेपनि आम्दानी कम हुने हुनाले दैनिकी प्रभावित हुनेछ । पढाइ लेखाइमा मन नजाने हुनाले अरुभन्दा पछि परिनेछ । स्वास्थ्यमा समस्या आई औषधि खर्च बढ्ने योग रहेकोछ । कार्यक्षेत्रमा आउने बिवादले दैनिक काममा समस्या निम्तिनेछ । माया प्रेममा एक अर्काबिच अबिश्वास बढ्ने योग रहेकोछ । स्वास्थ्यमा समस्या देखिन सक्छ सरसफाईमा बिशेष ध्यान दिनुहोला ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
व्यापारकै शिलशिलामा लामो दुरिका कष्टकर यात्रा हुनेछ भने काम गर्दा ध्यान दिनुहोला काम बिग्रन सक्छ । व्यापार व्यावसायमा लगानी गरिहाल्ने समय नरहेकोले केहि समय पर्खनुनै राम्रो हुनेछ । पढाइ लेखाइमा मन अलि बढि समय लगानी गर्दा नतिजा आफैतिर ल्याउन सकिनेछ । माया प्रेममा सामान्य तित्तमा आएपनि अन्तत एक अर्काविच मिलेर अगाडि बढ्न सकिनेछ । बाहिर वातावरणको ख्याल गर्नुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)
आफन्त तथा मावली पक्षको सहयोग पाइने हुनाले कामहरु गर्न शरिरमा उर्जा पैदा हुनेछ । बिद्या तथा प्रतिस्पर्धामा आगामी दिनहरुमा प्रतिस्पर्धीहरुलार्ई हराउँदै सकारात्मक नतिजा हात पार्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेकोछ । तरपनि स्वास्थ्यमा समस्या देखिन सक्छ सरसफाईमा बिशेष ध्यान दिनुहोला ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
अध्ययनमा मन जानेछ भने सफल हुनेसुत्र पत्ता लगाउँन सकिनेछ । व्यापार व्यावसायको लगानीबाट न्युन आम्दानी हुनेछ । माया प्रेमका कोपिलाहरु फक्रियर जानेछन् भने नयाँ ठाउँबाट प्रेम प्रस्ताब आउँनेछ । आकस्मिक धन तथा सम्पति हात लागी हुनेयोग रहेकोछ । आस मारेको काम बन्नाले मन प्रशन्न हुनेछ । तरपनि स्वास्थ्यमा समस्या देखिन सक्छ सरसफाईमा बिशेष ध्यान दिनुहोला ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
सवारी साधन तथा घरजग्गामा गरिएको लगानी डुब्ने खतरा रहेकोछ । कृषि तथा पशुपालन व्यावसायबाट भने सन्तोष जनक आम्दानी हुनेछ । राजनीति तथा समाजसेवामा जनताको समर्थन भन्दा आलोचना वढि सुन्नु पर्नेछ । आमासँग मनमुटाब बढ्नेछ । बिद्यामा बढि नै समय लगानी नगरे अरुभन्दा पछि परिनेछ भने छाति सम्बन्धि सामान्य समस्याले सताउँनेछ । स्वास्थ्यमा समस्या देखिन सक्छ सरसफाईमा बिशेष ध्यान दिनुहोला ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
शाहशिलो कामगर्ने जोसजागर आउँनेछ भने खेलकुद तथा यस्तै गतिबिधिमा तपार्ईँको नाम अग्र स्थानमा आउँनेछ । पढाइ लेखाइमा परिणाममुखि उपलब्धि हासिल गर्न सकिनेछ । दाजुभाई तथा आफन्तसँग मिलेर गरिने जुनसुकै काम सन्तोषजनक रुपमा अगाडी बढ्नेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्निविच मायाको गाठो कसिलो भएर जानेछ

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
मायाप्रेममा सामिप्यता बढ्नेछ भने पति पत्नीविच मायाको डोरो कसिलो भएर जानेछ । साथिभाई सँगको रमाईलो बसाईमा स्वादिष्ट भोजनका साथ समय व्यातित गर्न सकिनेछ । प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई आगामी अरुलाई हराउँदै अगाडि बढ्न सकिनेछ । अध्ययन तथा अध्यापनमा प्रगति भएर जानेछ । पुराना आर्थिक मुद्दाहरु हल भएर जाने हुनाले थप लगानी गर्ने वाताबरण बनेर जानेछ । तरपनि स्वास्थ्यमा समस्या देखिन सक्छ सरसफाईमा बिशेष ध्यान दिनुहोला ।

 

प्रतिकृया दिनुहोस