म्यानमारका सेना प्रमुखको फेसबुक पेज डिलिट

Myanmar coup 5

काठमाडौँ । फेसबुकले म्यानमारको सेनाको प्रमुख पेज डिलिट गरेको छ। हिंसात्मक गतिविधिका लागि उक्साएको अभियोग लगाउँदै सावधानीका लागि म्यानमार सेनाको प्रमुख पेज डिलिट गरिएको सामाजिक सञ्जाल फेसबुकले जनाएको छ।

सैन्य कू विरुद्ध भएको प्रदर्शनको क्रममा सुरक्षाकर्मीले गरेको बल प्रयोगका कारण शनिबार दुईजनाको मृत्यु भएको थियो। त्यसको भोलिपल्ट फेसबुकले सेनाको पेज डिलिट गरेको हो।

म्यानमारको सेनाले फेब्रुअरी १ मा निर्वाचित सत्तालाई हत्याएर शक्ति आफ्नो हातमा लिएको थियो। त्यसको विरोधमा विगत दुई हप्तादेखि त्यहाँ प्रदर्शन हुँदै आएको छ।

उनीहरुले नेतृ आङ साङ सूकीसहितलाई रिहा गरिनु पर्ने र निर्वाचित सत्ता पुनर्बहाली हुनु पर्ने माग गरेका छन्।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...