पर्यटकीयस्थलको विकासमा साझेदारी

Udgfhg

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पाँचथरका पाँच वटा पर्यटकीयस्थलमा पर्यटन पूर्वाधार तथा पर्यटनउपज विकास साझेदारीका लागि रु १३ करोड ५१ लाख बजेट विनियोजन गरेको छ ।

मन्त्रालयले जारी गरेको ‘पर्यटन पूर्वाधार निर्माण तथा पर्यटनउपज विकास साझेदारीसम्बन्धी सूचना’अनुसार यहाँका पाँच पर्यटकीयस्थलमा स्थानीय तहसँगको साझेदारीमा पूर्वाधार निर्माण हुन लागेका हुन् । पाँच स्थलमा पूर्वाधार विकासका लागि कूल लागत रु १९ करोड ६८ लाख रहेको छ । जसमध्ये रु १३ करोड ५१ लाख रकम मन्त्रालयबाट छुट्याएको हो । लागत साझेदारीअनुसार बाँकी रकम सम्बन्धित स्थानीय तहले विनियोजन गर्नुपर्ने छ ।

चालू आर्थिक वर्षमा शुरु हुने पूर्वाधार विकासका योजना आगामी तीन वर्षमा सम्पन्न हुने मन्त्रालयले जनाएको छ । जारी सूचनाअनुसार जिल्लाको याङवरक गाउँपालिकास्थित निशान कालिका धाम तथा याङवरक पोखरी संरक्षण आयोजनाका लागि मन्त्रालयले रु तीन करोड ५० लाख बजेट छुट्याएको छ । तीन वर्षमा निर्माण सम्पन्न गर्ने तय भएको यस आयोजनाको कूल लागत रु पाँच करोड छ । रु एक करोड ५० लाख लागत गाउँपालिकाले व्यहोर्नु पर्नेछ ।

यस्तै कुम्मायक गाउँपालिकास्थित कुम्मायक–कुस्सायक क्षेत्रको पर्यटन विकासका लागि मन्त्रालयले रु दुई करोड ३७ लाख बजेट छुट्याएको छ । रु तीन करोड ४० लाख कूल लागतको आयोजना दुई तीन वर्षमा पूरा गर्ने लक्ष्य राखिएको छ । गाउँपालिकाले रु एक करोड तीन लाख लागत व्यहोर्नु पर्नेछ ।

यस्तै हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार क्षेत्रमा प्यागोडा शैलीको दरबार निर्माणका लागि मन्त्रालयबाट रु तीन करोड ५० लाख बजेट विनियोजन हुने भएको छ भने रु एक करोड ५० लाख रकम गाउँपालिकाले छुट्याउनु पर्नेछ । रु पाँच करोड कूल लागतको आयोजना आगामी तीन वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

फिदिम नगरपालिकामा फाल्गुनन्द सर्किटअन्तर्गत शिवालय–देउराली सिँढीमार्ग तथा सर्पेडाँडा महादेवपोखरी लब्रेकुटी–सिलौटी साइकल ट्र्याक निर्माणमा समेत लागत साझेदारी हुने भएको छ । कूल रु चार करोड ८७ लाखको यस आयोजनाका लागि मन्त्रालयको रु तीन करोड १७ लाख तथा नगरपालिकाको एक करोड ७० लाख बजेट छुट्याउने भएका छन् ।

यो आयोजना दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । जिल्लाको फालेलुङ गाउँपालिकास्थित सीमावर्ती क्षेत्र तीन सिमानामा पर्यटक आवास गृह निर्माण तथा गोर्खेपानीदेखि तीन सिमानासम्म पदमार्ग निर्माणका लागि साझेदारी भएको छ । कूल रु एक करोड ४१ लाखको यस आयोजनामा मन्त्रालयको रु ९७ लाख तथा गाउँपालिकाको ४३ लाख लागत रहनेछ । यो आयोजनासमेत दुई वर्षमा पूरा गर्ने लक्ष्य राखिएको छ ।

देशभरीका २०० वटा पर्यटकीयस्थलमा पर्यटन पूर्वाधार निर्माण तथा पर्यटनउपज विकासका लागि मन्त्रालयले स्थानीय तहसँग साझेदारी गरेको हो । पाँचथरमा लागत साझेदारीमा पूर्वाधार निर्माण हुने भएका स्थान पर्यटकको उल्लेख्य उपस्थिति हुने स्थलमा पर्दछन् । सङ्घीय सरकारसँगको साझेदारीले पर्यटकीय पूर्वाधार निर्माणमा सहजता मिल्ने जनप्रतिनिधिको विश्वास छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...