गए राति नयाँदिल्ली आसपास शक्तिशाली भूकम्प

Earthquake

एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीलगायत क्षेत्रमा शुक्रबार राति शक्तिशाली भुकम्पको धक्का महसुस गरिएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार राती १० बजेर ३१ मिनेटमा नयाँ दिल्लीसहित उत्तर भारतका पन्जाब, जम्मु–कस्मिर, हरियाणा, राजस्थान क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको हो ।

रातिको समय भूकम्प गएपछि स्थानीयको भागाभाग भएको थियो । घरबाट बाहिर निस्किएका थिए । तर अहिलेसम्म कुनै किसिमको क्षतिको खबर आएको छैन ।

भारतको नेसनल सेन्टर फर सिस्मोलजी (एनसीएस) का अनुसार ताजकिस्तान केन्द्रबिन्दु भएर ६.३ रेक्टर स्केलको भूकम्प गएको हो ।

साथै अफगानिस्तान र पाकिस्तानका पेसावर, इस्लामाबाद, लाहौरमा समेत भूकम्पको तीव्र धक्का महसुस गरिएको बीबीसी हिन्दीले जनाएको छ ।

प्रतिकृया दिनुहोस