अमेरिकामा एकैसाथ सय बढी गाडी दुर्घटना, ६ जनाको मृत्यु

Et dzpexyamwona1613096340

एजेन्सी । अमेरिकाको टेक्सास राज्यको अन्तरराज्य सडकमा बिहीबार बिहान एउटा अचम्मको सडक दुर्घटना भएको छ । बिहान ६ बजेतिर सडकमा एक सयभन्दा बढी सवारी साधन आपसमा ठोक्किएका छन् । दुर्घटनामा परी अहिलेसम्म ६ जनाको मृत्यु भएको न्युयोर्क टाइम्सले जनाएको छ। दर्जनौं मानिसहरू आफ्नो सवारीभित्रै थुनिएका थिए ।

बरफका कारण सडक चिप्लो भएका कारणले दुर्घटना भएको हुन सक्ने बताइएको छ । फोर्ट वर्थ फायर डिपार्टमेन्टका अनुसार दुर्घटनामा १८ चक्के र कारहरू परेका हुन् । स्थानीय सञ्चारमाध्यमले प्रसारण गरेका भिडिओमा एउटा गाडीमाथि अर्को गाडी चढेको देखिएको छ ।

दुर्घटनामा परी घाइते भएका ३६ जनालाई अस्पताल लगिएको छ तीमध्ये ३ जनाको अवस्था गम्भीर छ । ६५ जनालाई सामान्य उपचार गरिएको छ । फायर डिपार्टमेन्टका एक जना प्रवक्ताले खप्टिएका सवारी निकाल्न ट्रकको प्रयोग गरिएको र हरेक गाडीमा ड्राइभर र यात्रु छन् कि भनेर खोजिएको बताए । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको अधिकारीहरूले बताएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...