चीनमा बीबीसी प्रसारणमा प्रतिबन्ध, असत्य समाचार प्रसारण गरेको आरोप

Bbc

एजेन्सी । चीनले बीबीसीको प्रसारणमा देशभरी नै प्रतिबन्ध लगाउने घोषणा गरेको छ । चीनमा कुनै पनि रेडियो र टेलिभिजनबाट बीबीसी विश्व सेवाको प्रसारण नगर्ने निर्णय गरिएको हो ।

चीनले कोरोना भाइरस र चीनका अल्पसंख्यक आदिवासी वीगर समुदायका विषयमा बीबीसीले गरेको रिपोर्टिङका विषयमा आलोचना गरेको छ ।

बीबीसीले चीनको निर्णयले निरास बनाएको जनाएको छ । प्रसारणमा रोक लगाउने चीनको निर्णय ब्रिटिस मिडिया सम्बन्धी नियामक निकाय अफकमले बेलायतमा प्रसारण हुने चीनिया टेलिभिजन नेटवर्क सिजिटिएनको प्रसारण लाइसेन्स उल्ट्याएपछि आएको हो ।

चीनको विश्व टेलिभिजन प्रसारण नेटवर्क सिजिटिनको बेलायतमा प्रसारण गर्न पाउने लाइसेन्सलाई अफकमले उल्ट्याइदिएको छ ।

सीजीटीएनको लाइसेन्स गलत तरिकाले स्टार चाइना मिडिया लिमिटेडले राखेको तथ्य सार्वजनिक भएपछि अफकमको लाइसेन्स रद्द गर्ने निर्णय गरेको हो ।

बीबीसीले चीनको यो कदमप्रति दुख व्यक्त गर्दै आफूहरुले विश्वभरका घटनाहरुको सत्य र निष्पक्ष रुपमा रिपोर्ट गर्ने गरेको दाबी गर्दै चीनको आरोपको खण्डन गरेको छ ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...