आकर्षक पर्यटकीय गन्तव्य बन्दै चतराको कोशी पुल

Chatara

काठमाडौँ । पूर्वी नेपालसँग सडक सञ्जाल जोड्ने वैकल्पिक मार्गका रूपमा रहेको चतरास्थित सप्तकोशीमा आधुनिक पुल निर्माण भएपछि यो क्षेत्र एउटा आकर्षक पर्यटकीयस्थल बनेको छ । साथै स्थानीयवासीका लागि वनभोज खाने एक आकर्षक स्थान पनि बनेको छ ।

यतिबेला पुल आसपासमा वनभोज खान र डुङ्गा (बोट) चढ्न आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ । एशियाली विकास बैंकको सहयोगमा पाँच वर्षअघि पुल निर्माण भएपछि यहाँ आन्तरिक पर्यटकको चहलपहल बढेको हो ।

पुल हेर्नकै लागि पनि धरान, विराटनगर, इटहरी, गाईघाट, बेलटार, फत्तेपुरलगायत स्थानबाट स्थानीयवासी आउने गरेका छन् । कोशी पुलदेखि वरपर आधा दर्जन स्तरीय होटल सञ्चालनमा रहेका छन् भने अरु आवश्यक पूर्वाधार निर्माणका लागि स्थानीय नागरिकले यहाँका स्थानीय सरकारलाई आग्रह गरिरहेका छन् ।

हिजोआज दैनिक करिब ५०/६० जना पर्यटक पुल हेर्नकै लागि मात्र यहाँ आउने गरेको स्थानीय व्यापारी शरद कोइरालाले बताए । आफ्ना कामले पूर्वपश्चिम यात्रा गर्ने यात्रु पनि केही समयसम्म सवारी रोकेर तस्वीर खिच्ने र यसो रमाउने गरेको देखिन्छ । पुल नजिक कोशी किनारमा वनभोज खानेको भीड लाग्न थालेको कोइरालाले बताए ।

पुलमुनिबाट केही वर्षदेखि जेटबोट पनि सञ्चालन भएको छ । यो बोट बराहक्षेत्र, सिम्लेसम्म पुग्ने गरेको छ । उदयपुर, सप्तरी, भोजपुर, धनकुटा, सुनसरी, मोरङ, सप्तरीबाट जेट बोट चढ्न र वनभोज खान आउने गरेको कोइराला बताउँछन् ।

सामाजिक सङ्घसंस्था, विद्यालय र साथीभाइ समूह बनाएर कोशी पुलमा वनभोज खान आउनेको सङ्ख्या पछिल्लो समय निकै बढेको बेलका नगरपालिका–८ का वडाध्यक्ष जयकुमार राईले बताए । वनभोज खानेको सङ्ख्या बढेपछि बेलका नगरपालिकाले उक्त क्षेत्रमा शौचालय तथा अन्य आवश्यक न्यूनतम पूर्वाधार निर्माण गरिदिएको छ ।

स्थानीयवासी मोहन खड्काका अनुसार शनिबार १०० भन्दा बढी समूह वनभोज खान आउने गरेका छन् भने अन्य दिन दैनिक पाँचदेखि सात वटासम्म समूह वनभोज खान आउने गरेका छन् । वनभोज खान आउनेहरु यसैमा मात्र सीमित नभएर बोट चढ्ने, कोशी नदीमा पौडी खेल्ने र नाचगान गरेर मनोरञ्जन लिइरहने मानिसको जमघट दिनप्रतिदिन बढ्दै गएको खड्काले बताए ।

धरानबाट पारिवारिक वनभोजमा जानुभएकी इन्दु खड्काले कोशी पुल वनभोजका लागि उत्तम गन्तव्य भएको बताए । “बोटिङ, फिसिङ, स्वीमिङमा यहाँ रमाउन सकिनेरहेछ । अझ प्याराग्लाइडिङ गर्नेहरुका लागि पनि सुविधा रहेकोले धेरै मजा आउँछ”, गत शनिबार वनभोजस्थलमा भेटिनुभएकी खड्काले भने ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...