सुख्खाग्रस्त क्षेत्रका लागि खुसीको खबर : चीनले बनायो ध्वनी तरंगबाट बर्षा गराउन सक्ने प्रविधि

Tarang news

काठमाडौं । चीनका वैज्ञानिकहरुले ध्वनी तरंगको सहयोगमा बर्षा गराउने प्रविधिको विकास गरेका छन । उनीहरुका अनुसार बादलमा लो–फ्रीक्वेन्सी साउण्ड वेभ (ध्वनी तरंग) छोड्दा धेरै बर्षा गराउन सकिन्छ ।

यो प्रविधि सुख्खाग्रस्त क्षेत्रका लागि वरदान सावित हुने चिनियाँ वैज्ञानिकहरुको दावी छ । बादलमा ध्वनी तरंग छाडेर बर्षा गराउने उपायको अध्ययनका क्रममा बेइजिङस्थित सिंघुवा यूनिभर्सिटीका वैज्ञानिकहरुले पछिल्लो पटक गरेको प्रयोगात्मक अध्ययनले निकै उत्साहित बनाएको छ ।

उनीहरुले बादलमा ५० हर्जको फ्रीक्वेन्सीमा साउण्ड वेभलाई १६० डेसिबलको तहसम्म प्रयोग गरेका थिए ।

कहिले काँहीं मात्र धेरै कम पानी पर्ने अर्थात धेरैजसो समय पानी नै नपर्ने तिब्बतको पठार क्षेत्रमा चिनियाँ वैज्ञानिकहरुले यो उपायको प्रयोग गरेका थिए । त्यसबेला त्यहाँ १७ प्रतिशत बढी बर्षा भयो ।

वैज्ञानिक अध्ययन अनुसार चीनको वायुमण्डलमा २० ट्रिलियन टन जलवाष्पयुक्त हावा रहेको छ । तर प्राकृतिक रुपमा केवल २० प्रतिशत मात्रै वर्षा हुने गर्छ ।

यो अध्ययनका लेखक प्रोफेसर वांग गुआंगकिआनले बताए अनुसार ध्वनी तरंगबाट बादलहरु उत्साहित हुन्छन । बादलमा कम्पन आउँछ । यही कारणले बर्षा हुन्छ ।

वैज्ञानिकहरुले अध्ययनको क्रममा एक विशेष उपकरणको प्रयोगबाट ध्वनी तरंगलाई बादलमा छाड्दा ती बादलमा पानीका कणहरुको मात्रामा बृद्धि भएको देखियो ।

प्रोफेसर वाङ गुआंगकिआनले यो प्रविधिलाई सुख्खाग्रस्त क्षेत्रमा प्रयोग गरेर धेरै फाइदा लिन सकिने बताए । यो अध्ययनको प्रतिवेदन Scientia Sinica Technologica जर्नलमा प्रकाशित भएको छ ।

चिनियाँ वैज्ञानिकहरुले बताए अनुसार साउण्ड इनर्जीयुक्त यो प्रविधिले क्लाउड फिजिक्समा परिवर्तन ल्याइदिएको छ । यो प्रविधिमा कुनै पनि प्रकारको रसायनिक प्रदुषण नहुने अध्ययन प्रतिवेदनका लेखक वांगलाई उद्धृत गर्दै डेलिमेलले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...