आज माघ २८ गते बुघबार, श्री पाथीभरा माताको दर्शन गर्दै हेर्नुस् आजको राशीफल

Pathibhara 2014

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
समस्याका खाडलहरु पुर्न अथक प्रयास गर्दा गर्दै विफल हुनुपर्दा तनाव बढ्नेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउनेछ भने दैनिकी प्रभावित हुनेछ । बिषेश गरी चेलि माईतीसँग कुनै कारोबार गर्दा ख्याल गर्नुहोला मनमुटावको स्थिती सिर्जना नहोला भन्न सकिन्न । पढाइ लेखाइमा समय दिन नसक्दा गृहकार्यहरु थाती रहनेछ । साझबाट समय राम्रो रहेकोले माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ । धर्ममा मन जानेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
मायाप्रेममा अविश्वास बढ्नेछ भने पति पत्नी विच मनमुटाव सिर्जना हुनेछ । व्यापार व्यावसाय आम्दानी थोरै हुनेछ भने आज लगानी नगर्नु नै राम्रो हुनेछ । शुभचिन्तकको पनि साथ नहुने हुँदा एक्लो पनको महशुष हुनेछ । पहिलेका सम्झौता भङग हुनेछ भने साझेदार हरुबीच भनाभन हुने योग रहेकोछ । पढाइ लेखाइमा अल्छि गर्नाले नतिजा भनेजस्तो आउनेछैन । विलाशी सामान प्राप्तिको योग भएपनि तपार्ईँ आफ्नै कारणले टरेर जानेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
बिद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । व्यापार व्यावसायमा प्रशस्त आम्दानी हुनेछ । पुराना ऋण,रोग तथा सत्रुबाट छुट्करा पाइने हुनाले मन प्रशन्न हुनेछ । आफन्त तथा मावली पक्षबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाइने योग रहेकोछ । सत्रु परास्त हुनेछन् भने न्यालयबाट हुने न्यायिक निर्णयहरु तपार्ईँकै पक्षमा हुने हुनाले खुसीले उचाई नाघ्नेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
बौद्धिक कार्यमा सहभागी भई आफ्नो गतिलो प्रश्तुती पस्कने अवसर प्राप्त हुनेछ । पढाइ लेखाइमा सुधार भएर जानेछ भने नतिजा आफैतिर ल्याउन सकिनेछ । परिवार तथा सन्तानबाट तपार्ईँले गरेको काममा सहयोग हुनेछ । व्यापार व्यावसायमा लगानी बढाउदा राम्रो कमाई हुनेछ । माया प्रेममा विश्वासको वातावरण बढेर जानेछ भने भौतिक धन सम्पती लाभ हुने समय रहेकोछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
घरजग्गा तथा सवारी साधनको खरिद बिक्री गर्दा ध्यान दिनुहोला घाटा लाग्न सक्छ । बिद्यामा सन्तोषजनक प्रगती भएर जानेछ । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहनेछ । कृषि तथा पशुपालन व्यावसाय भने फस्टायर जानेछ । आमा तथा आमासरहका मानिससँग मनमुटाव वढ्नेछ । विश्वास गरेकाहरु बाट धोका हुनसक्छ सजक रहनुहोला । साझबाट समय राम्रो रहेकोले अध्ययनमा मन जाने तथा व्यापारबाट आम्दानी गर्न सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
नोकरिमा सम्मान तथा राजनीतिमा लाग्नेहरुले विषेश पद पाउने समय रहेकोछ । छोटो तथा अर्थपुर्ण उपलव्धी मुलक यात्राको तय गर्न सकिनेछ भने गन्तव्य पहिल्याउँदै अगाडी बढ्न सकिनेछ । न्यालयबाट हुने न्यायिक निर्णयहरु तपार्ईँकै पक्षमा आउनेछन् भने पराक्रम बढेर जाने हुनाले शाहशिलो काम गर्न जोस जागर बढेर आउनेछ । अध्ययनमा सुधार भएर जाने हुनाले साथी हरुलाई किनारा लगाउँदै अगाडी बढ्न सकिनेछ । साझको समय मध्ययम रहेकोले सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
आत्मीय मित्र तथा जीवन साथिको सहयोगले व्यापार व्यावसायमा लगानी गरी आम्दानी गर्न सकिनेछ । कुटुम्बसँगको सम्बन्ध थप सुमधुर भएर जानेछ । अध्ययन तथा अध्यापनमा मन जानेछ भने प्रतिस्पर्धिहरुलार्ई सजिलै हराई नतिजा जित्न सकिनेछ । बोलिको प्रभाव बढ्ने हुनाले बोलेरै उपलब्धी मुलक कामहरु गर्न सकिनेछ । गाएन पेशा तथा कला शाहित्यमा समय दिनेहरुले आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । साझपख दाजुभाईको सहयोग पाईने हुनाले मन प्रशन्न हुनेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)
मानसम्मान तथा इज्जत प्रतिष्ठामा आँच आउन सक्छ कामगर्दा सावधानि अपनाउनु होला । व्यापार व्यावसायमा नाँफा कमाउन निकै संघर्ष गर्नुपर्ला । आफन्तहरु तपार्ईँसँग टाडिनेछन् । पति पत्नी विच मनमुटाब बड्नेछ । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहनेछ । सोचेका तथा गरेका कामहरु समयमा सम्पन्न नहुदा मानशिक तनाव बढ्नेछ । साझबाट समय राम्रो रहेकोले पारिवारिक माहोलामा जमघट् भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
वैदेशिक व्यापार तथा वैदेशिक क्षेत्रसँग सम्वन्धीत कामहरुबाट न्यून आम्दानी हुनेछ । लामो दुरिको विदेश यात्राको तय नगर्नु नै राम्रो रहनेछ । बिद्यामा भने सफलता पाउँन निकै नै मिहिनेत गर्नुपर्नेछ । स्वास्थ्यमा केहि खरावी हुन सक्छ ख्याल गर्नुहोला । साझको समय राम्रो रहेकोले पैत्रिक धन तथा सम्पतिको प्रयोग मार्फत प्रशस्त आम्दानी गर्न सकिनेछ । माया प्रेममा नजिक भई मनका भावना साटासाट गर्न सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
भौतिक सम्पती तथा प्राकृतिक स्रोतको परिचालन मार्फत मनग्गे आम्दानी गर्न सकिनेछ । आयस्रोतका बाटाहरु फराकिला हुनेछन् भने व्यापार व्यावसायबाट भनेजस्तो नाफाँ कमाउन सकिने हुनाले अन्य क्षेत्रमा लगानी गर्न सकिनेछ । माया प्रेममा थप प्रगाडता बढेर जानेछ भने दाम्पत्य जीवन खुरि रहनेछ । पढाइ लखाइमा तपार्ईँको नाम अग्र स्थानमा आउनेछ भने शिक्षा क्षेत्रमा गरीएको लगानी फस्टाएर जानेछ । साझपख यात्राको गतिलो योग रहेकोछ भने विदेशमा बसेर काम गर्नेहरुले मनग्गे धन आर्जन गर्न सक्नेछन् ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
प्रतिस्पर्धीहरु परास्त हुनेछन् भने नयाँ काम पाउने तथा नोकरिमा बुढुवा हुने योग रहेकोछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने पछी सम्म आम्दानी भईरहने व्यावसायमा लगानी गरी रोजगारीको अवसरहरु सिर्जना गर्न सकिनेछ । अध्ययनमा विजय हुने योग रहेकोछ भने अन्य साथी हरुलाई किनारा लगाउदै पुरस्कार हात पार्न सकिनेछ । राजनीति तथा समाजसेवामा समय दिनेहरुले पद पाउने समय रहेकोछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
साथिभाई तथा आफन्तको सहयोगले राम्रा काम गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जाने तथा धर्म तथा सस्कृतीसँग सम्वन्धीत सामानको कारोबार फस्टाएर जानेछ । अध्ययनमा सुधार हुने तथा शिक्षासँग सम्बन्धित कामहरु समयमा नै सम्पन्न हुनेछन् । माया प्रेमको डोरो कसिलो भएर जानेछ । प्रशासन तथा सेवा सम्वन्धीत कामहरु समयमा नै सम्पन्न हुनेहुदा मन प्रशन्न रहनेछन् । बिहानको समय मध्ययम रहेकोले अटोपार्ट सम्बन्धि काम गर्दा ध्यान दिनुहोला ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...