भारतमा १२ वर्षीया नेपाली बालिकाको सामूहिक बलात्कारपछि हत्या

Rape 9tjxmah17k 7

एजेन्सी । भारतमा एक नेपाली बालिकाको सामूहिक बलात्कारपछि हत्या भएको छ । भारतको बिहारस्थित नेपाली मूलकी १२ वर्षीया बालिकामाथि सामूहिक रुपमा बलात्कारपछि हत्या गरेर जबर्जस्ती शव जलाएको बीबीसी हिन्दीले बताएको छ ।

एसपी नविनचन्द्र झाले बीबीसी हिन्दीसँग करा गर्दै भने, ‘जुन अडियो भाइरल भएको छ, त्यसबाट स्पष्ट भइरहेको छ कि थानाध्यक्ष सञ्जिव कुमार रञ्जनले लापरवाही गर्दै आफ्नो कर्तव्यबाट विमुख भएका छन् ।’


बीबीसी हिन्दीका अनुसार नेपालको ५ नम्बर प्रदेशको बर्दिया जिल्लामा पर्ने बारबर्दिया नगरपालिकामा बस्ने सुरेश (परिवर्तित नाम) पछिल्लो एक वर्षदेखि भारतको मोतिहारीमा मजदुरी गर्दै आएका छन् ।

सुरेशका अनुसार यो घटना २१ जनवरीमा भएको हो । त्यही दिन उनी श्रीमती नेपालको आफ्नो गाउँ आएकी थिइन्, सुरेश मजदुरी गर्न गएका थिए र छोरा कुनै कामले बजार गएका थिए ।

पूर्वी चम्पारणको सिकहना, अनुमंडल पदाधिकारीलाई सुरेशले प्राथमिकी दर्ता गराउनका लागि दिएको आवेदन अनुसार बेलुका करिब ४ बजे जब उनका छोरा बजारबाट फिर्ता भए तब उनका घर मालिक सियाराम साहले उनलाई रोके । आवेदनमा उनले भने, ‘तर मेरो छोरा उनीहरुको कुरा नमानिकनै कोठामा जाँदा बहिनीलाई भुइँमा घाइते अवस्थामा लडिरहेको देखे । यो देखेर छोराले मलाई बोलायो । म घर जाँदा छोरी भुइँमा लडिरहेको देखेँ र उनको घाँटीमा रातो दाग पनि देखेँ । मैले छोरीलाई उपचारका लागि स्थानीय चिकित्सक भएठाउँ लिएर गएँ तर कसैले पनि उपचार गरेनन् ।’

सुरेशका अनुसार त्यसपछि थुप्रै मानिसहरु (अभियुक्त) त्यहाँ जम्मा भए र छोरीको शवलाई जलाउन दबाब दिन थाले । ऊजुरीमा भनिएको छ, ‘देवेन्द्र कुमार साहले शव चाँडै जलाउन दबाब दिँदै यसो नगरेको खण्डमा म र मेरो छोराको हत्या गरेर नेपालमा फ्याँकिदिने धम्की दिए । त्यसपछि एउटा सादा कागजमा मेरो औंठाछाप पनि लिइयो र राती १२ बजे बलपूर्वक पोखर रोडको सडक किनारामा नुन र चिनी हालेर शव जलाइदिए । बिहान भएलगत्तै मलाई नेपालमा भगाइदिए ।’

२१ जनवरीमा भएको यो घटनाको प्राथमिकी २ फेब्रअुरीमा दर्ता गरिएको छ । कूल ११ जनालाई अभियुक्त बनाइएको छ जसमध्ये चार अभियुक्त विनय साह, दीपक कुमार साह, रमेश साह, देवेन्द्र कुमार साहमाथि सामूहिक दुष्कर्म र हत्याको आरोप छ । यस्तै सातजना जसमा (घर मालिक सियाराम साह पनि समावेश छन्) माथि शवलाई जबर्जस्ती जलाएर प्रमाण मेट्ने प्रयास गरेको आरोप लागेको छ ।

घटनाको एफआईआर दर्ता भएपछि तीन दिन अघि ५ फेब्रुअरीमा एउटा अडियो भाइरल भयो जसमा २१ जनवरीमा कुंडवा चैनपुरका थानाध्याक्ष संजिव कुमार रञ्जन र एक अभियुक्त रमेश साहबीच कुराकानी भएको छ । यो कुराकानीमा थानाध्यक्ष संजिव कुमारले अभियक्त रमेश साहसँग भनिरहेका छन्, ‘बालिकाको व्यवस्था गरिदेउ र लेखिदेउ कि बालिका चिसोका कारण मरी ।’ दुई अभियुक्त पक्राउ परेको र अन्य अभियुक्तको गिरफ्तारीका लागि प्रहरी टोली गठन गरिएको एसपी झाले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...