म्यानमारकी नेतृ आङ साङ सुकी सेनाको हिरासतमा, याङ्गूनमा टेलिफोन र इन्टरनेट सेवा बन्द

Aang sang su chi

काठमाडौँ । म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीलाई सेनाले हिरासतमा लिएको छ । केही सयमदेखि म्यानमारमा सरकार र सेनाबीच तनाव देखिएको थियो । सेनाद्वारा ‘कु’ हुने आशंका गरिएकै बेला सु कीलाई गिरफ्तार गरिएको हो ।

अहिले राजधानी याङ्गूनका सडकमा सेनाको बाक्लो उपस्थिति रहेको छ । याङ्गूनमा टेलिफोन र इन्टरनेट सेवा बन्द गरिएको छ ।

म्यानमारको सत्तारुढ दल न्याश्नल लिग फर डेमोक्रेसी (एनएलडी) की नेतृ सू चीलाई पक्राउ गरिएको उक्त पार्टीका प्रवक्ताले बताएका छन् । सेनाले सत्ता हत्याउने आशङ्कामा सरकार र सेनाबीच तनाव बढिरहेका बेला सू चीलाई पक्राउ गरिएको हो ।

गत नोभेम्बरमा भएको चुनावमा एनएलडीले सरकार गठनका लागि संसद्‌मा पर्याप्त हुने गरी सिट जितेको छ । तर सेनाले भने उक्त चुनावमा धाँधली भएको जनाएको छ । सोमवार हुन लागेको संसद्को बैठकलाई पछि सार्न सेनाले सरकारलाई आह्वान गरिरहेको छ ।

यस्तै पार्टी प्रवक्ता म्यो न्यूनका अनुसार सू चीका साथै राष्ट्रपति वुइन मीयन र अन्य नेताहरूलाई पनि बिहान सबेरै लगिएको हो । ‘म हाम्रा मानिसहरूलाई जथाभावी केही नगरियोस् भन्न चाहन्छु र उनीहरूले कानुन अनुसार गरून् भन्ने चाहन्छु,’ उनले भने । उनले आफूलाई पनि पक्राउ गरिने ठानेको बताए ।

म्यानमारमा सन् २०११ सम्म सेनाले प्रत्यक्ष रुपमा शासन गरेको थियो । उक्त समयमा सुकीलाई लामो समय घरमै नजरबन्दमा राखिएको थियो । उनलाई सन् १९८९ देखि २०१० सम्म नजरबन्दमा राखिएको थियो ।

सुकी म्यानमारका स्वतन्त्रता सेनानी जनरल आङ सानकी छोरी हुन् । उनी मानव अधिकार र अभिव्यक्ति स्वतन्त्रताका लागि लड्ने व्यक्तिका रुपमा विश्वमै परिचित छिन् । प्रजातन्त्रको पुनःस्थापना र मानव अधिकारका लागि अहिंसात्मक तवरले लड्दै आएको भन्दै उनलाई सन् १९९१ मा नोबेल शान्ति पुरस्कार पनि दिइएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...