ट्रम्पलाई बदला लिने धम्की दिएलगत्तै इरानी सर्वोच्च नेताको ट्वीटर अकाउन्ट बन्द

Ayatollah ali khamenei 768x426

एजेन्सी । इरानका सर्वोच्च नेता आयातुल्लाह खामेनीले शुक्रबार गरेको एक ट्विटले विवाद सिर्जना गरेको छ । उनले ट्विटरमा अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पप्रति लक्षित गर्दै इरानी सैन्य कमान्डर जनरल कासिम सुलेमानीको हत्याको बदला लिएरै छाड्ने बताएका थिए ।

ट्वीटमा खामेनीले एउटा तस्बिर राखेका छन्, जसमा ट्रम्पको अनुहारसँग मिल्दोजुल्दो एक व्यक्ति लडाकु विमान या ड्रोनको छायामा गल्फ खेलिरहेको देखिन्छ ।

उक्त ट्वीटपछि ट्वीटरले खामेनीको ट्वीटर अकाउन्ट बन्द गरिदिएको छ । खामेनीले फारसी भाषामा ट्वीट गर्दै लेखेका छन्ः ‘बदला लिनु बाध्य छ ।’ उनले बदला शब्द रातो अक्षरमा लेखेका छन् । उनले थप लेखेका छन्ः ‘सुलेमानीका हत्यारा र उनको हत्या गर्नेले यसको मूल्य तिर्नुपर्नेछ ।’ जनरल सुलेमानीको नेतृत्वमा इरानले इराक र सिरयाका थुप्रै समूहहरुलाई सहयोग पुर्याउँदै आफ्नो स्थिति बलियो पारेको थियो ।

एक वर्षअघि बग्दादमा सुलेमानीको हत्या भएको थियो । उक्त हत्या अमेरिकी सैनिकको ड्रोन हमलामा भएको थियो । त्यसबेला अमेरिकी राष्ट्रपति ट्रम्पले सुलेमानी लाखौं व्यक्तिको हत्यामा जिम्मेवार रहेको दाबी गरेका थिए । सुलेमानी मारिएलगत्तै इरानले त्यसको बदलामा इराकको अमेरिकी एयरबेसमा केही मिसाइल हानेको थियो । त्यसबेला पनि खामेनीले अपराधीहरुलाई कडा सजाय दिने उद्घोष गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...