पीएम कप क्रिकेटः नेपाल पुलिस क्लब र सुदूरपश्चिम प्रदेश तथा प्रदेश १ र त्रिभुवन आर्मी क्लब भिड्दै

Cricket

काठमाडौँ । प्रधानमन्त्री कप पुरुष क्रिकेटमा आज नेपाल पुलिस क्लब र सुदूरपश्चिम प्रदेश तथा प्रदेश १ र त्रिभुवन आर्मी क्लबबीच खेल हुँदैछन् । नेपाल पुलिस क्लब र सुदूरपश्चिम प्रदेशको खेल कीर्तिपुरको त्रिवि मैदानमा हुने छ ।

आज दुवै टोली पहिलो जितको खोजीमा हुनेछन् । अहिलेसम्म एक एक खेल खेलेका दुवै टोलीले पहिले खेलमा हार बेहोरेका छन् । यस्तै, आज प्रदेश १ र त्रिभुवन आर्मी क्लब मुलपानी क्रिकेट मैदानमा खेल्ने छन् ।

अहिलेसम्म दुई खेल खेलेको आर्मी दुवैमा जित निकाल्दै समूह ए को शीर्ष स्थानमा छ । प्रदेश १ भने दुवै खेलमा पराजित भएको छ । प्रतियोगितामा आज हुने दुवै समूहका खेल बिहान ९ बजे हुने छन् । हिजोको खेलमा लुम्बिनी र कर्णाली प्रदेश विजयी भएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...