भारतमा फुटपाथमा सुतिरहेका २० जनामाथि ट्रक गुड्यो, १५ जनाको मृत्यु

Truck india

नयाँ दिल्ली । राज्य गुजरातमा सोमबार राति फुटपाथमा सुतेका मजुदरलाई ट्रकले किच्दा १५ जनाको मृत्यु भएको छ ।

यो दर्दनाक घटनामा १५ जनाको मृत्यु भएको र ५ सात जना घाइते भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । १३ जनाको घटनास्थलमै र २ जनाको सुरतस्थित स्मीमेर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार सुरतनजिकैको कोसाम्बा क्षेत्रको फुटपाथमा सुतेका मजदुरमाथि ट्रक कुदेको थियो । उखु बोकेको ट्याक्ट्ररसँग ठोक्किएपछि ट्रकका चालकले नियन्त्रण गुमाएकाले दुर्घटना भएको बताइएको भारतीय सञ्चारमाध्यामले जनाएका छन् ।

राजस्थानको बान्सावारा जिल्लाका दैनिक ज्यालादारी गर्ने १८ जना मजदुरहरू फुटपाथमै सुतेका थिए । दुर्घटनामा घाइते भएका अरूलाई अस्पताल लगिएको छ ।

प्रतिकृया दिनुहोस