भारतमा कोरोना भ्याक्सिन लगाएका सयौंमा साइड इफेक्ट

Corona sa 7 4 2020 4 38 35 7 5 2020 4 38 11 7 16 2020 4 34 05 7 17 2020 4 37 14

एजेन्सी । भारतमा कोरोना भाइरसविरुद्धको भ्याक्सिन लगाएका सयौं मानिसमा साइड इफेक्ट देखिएको छ । तीन दिनअघि (शनिबार) देखि त्यहाँ भ्याक्सिन लगाउन सुरु गरिएको छ । पहिलो दिन करिब १ लाख ९१ हजार जनालाई भ्याक्सिन दिइएको छ। भ्याक्सिन लगाइएका केही ठाउँबाट साइड इफेक्टका खबरहरु आइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

हिजो आइतबार केन्द्रीय स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गरेर दुई दिनमा झन्डै ४५० वटा साइड इफेक्टका केस आएको जानकारी दिएको छ । रेकर्डमा नआएका अन्य सयौं केस भएको अनुमान गरिएको छ । सिकायत गर्नेमध्ये अधिकांशले सामान्य साइड इफेक्ट भएको बताएको अधिकारीहरुले जानकारी दिएका छन् । तीन जनालाई मात्र अस्पताल भर्ना गर्नुपरेको छ। धेरैजसोमा ज्वरो, टाउको दुख्ने र जिउ जिलाउने समस्या देखिएको छ ।

भारतमा विश्वकै ठूलो खोप अभियान सुरु भएको छ । १ अर्ब ३० करोडलाई भ्याक्सिन दिनुपर्नेमा पहिलो चरणमा जुलाईसम्ममा ३० करोडलाई दिने भारत सरकारको योजना छ । भारतले प्रयोगमा ल्याएका भ्याक्सिन एस्ट्राजेनिकाले स्थानीय साझेदारी सिरम इन्स्टिच्युटसँग मिलेर तयार पारेको कोभिसिल्ड र भारत बायोटेकले विकास गरेको कोभ्याक्सिन हुन् ।

सिरम इन्स्टिच्युटले भारतमा आफूले उत्पादन गरेको खोप व्यक्ति र संस्थालाई पनि बेच्ने गरी अनुमति पाएको छ । सिरमको खोपको मूल्य भारु १००० तोकिएको छ । भारतमा कोरोना भाइरसको संक्रमणबाट एक लाख ५० हजारभन्दा बढी व्यक्तिको ज्यान गइसकेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...