बाइडेनको शपथ समारोह अघि अमेरिकाका ५० वटै राज्यमा ‘हाई अलर्ट’

Wasington

एजेन्सी । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडनको आगामी बुधबार हुने पद बहालीमा हुनसक्ने सम्भावित सशस्त्र द्न्द्वलाई मध्यनजर गर्दै अमेरिकाका ५० वटै राज्यमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।

गएको जनवरी ६ मा अमेरिकी संसद क्यापिटोल भवनमा जस्तै हिंसात्मक घटना हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै देशभरिबाट वासिङ्टन डिसीमा ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

एफबीआईले ५० वटै राज्यका राजधानीहरुमा राष्ट्रपति डोनाल्ड ट्रप्पका समर्थकहरुले सशस्त्र प्रदर्शन गर्न सक्ने भन्दै सचेत गराएको छ । राष्ट्रपतिमा निर्वाचित बाइडनको पद पहालीको केही दिन मात्रै बाँकी रहेकाले वासिङ्टन डिसीस्थित नेसनल मल बन्द गरिएको छ ।

देशभरबाट नेशनल गार्डको टोलीलाई राजधानी वाशिङ्टन डिसीमा पठाइएको छ । डिसीमा नेशनल मलहरुलाई बन्द गरिएको छ भने कडा सुरक्षाका बीच राजधानीका सडकमा बारहरु लगाइएको छ ।

राजधानी डिसीका सडक र गल्लीहरुमा कडा सुरक्षा व्यवस्था गरिएको छ । हिजो मात्रै प्रहरीले भर्जिनियाका एक पुरुषले २ वटा हाते बन्दुक र ५ सय ९ राउण्ड गोली अनधिकृत रुपमा सुरक्षा छली गरी लैजाँदै गरेको अवस्थामा फेला पारेको पुष्टि गरेको छ ।

वाइडनले भने कोरोना महामारीका कारण पद पहालीमा सर्वसाधारण र समर्थकहरुलाई वासिङ्टन नआउन पहिले नै आग्रह गरिसकेका छन् । 

बाइडन पक्षले अमेरिकीहरुलाई कोरोना संक्रमणबाट जोडिन राजधानीको यात्रा नगर्न भनेको छ । यसैगरी स्थानीय अधिकारीहरुले बाइडनको शपथ ग्रहण समारोह आ-आफ्नो घरमै बसेर हेर्न अपील गरेका छन् ।

मेरिल्याण्ड, न्यू मेक्सिको, युटा लगायतका राज्यमा सम्भावित विरोध प्रदर्शनलाई मध्यनजर गरी पहिलेदेखि नै आपतकालको स्थिति घोषणा गरिएको छ । क्यालिफोर्निया, पेन्सलभेनिया, मिशिगन, भर्जिनिया, वाशिङ्टन र विस्कोन्सिन राज्यहरुले आफ्ना नेशनल गार्डस्लाई सक्रिय बनाएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...