इन्डोनेसियामा भूकम्पमा परि मृत्यु हुनेको संख्या ४२ पुग्यो

Indonesia earthquake 768x432

काठमाडौं । इन्डोनेसियाको सुलावेसी द्वीपमा आएको भूकम्पमा परेर मृत्यु हुनेको संख्या ४२ जनाको मृत्यु भएको छ । शुक्रबार बिहान एउटा सानो भूकम्प गएको एक घण्टापछि ६ दशमलव २ म्याग्निट्यूडको ठूलो भूकम्प आएको थियो ।

उद्धारकर्मीहरूले भग्नावशेषमा जीवित मानिसहरुको खोजी भइरहेको स्थानीय प्रहरीका प्रवक्ता स्याम्सु रिद्वानले जानकारी दिए । भूकम्पका कारण सयौं मानिस घाइते भएका छन् भने हजारौं विस्थापित भएका छन् । विनाशकारी भूकम्प र सुनामीका कारण हरेक वर्ष इन्डोनेशिया प्रभावित हुने गरेको छ ।

सन् २०१८ मा सुलावेसीमा भूकम्पका कारण २ हजार जनाभन्दा बढी मानिसको मृत्यु भएको थियो । मामुजु नगरस्थित एउटा अस्पतालका केही भाग भत्किएपछि कम्तीमा आठ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

उक्त पाँचतले अस्पतालबाट ६० जनालाई सुरक्षित उद्धार गरिएको थियो । उद्धार कार्य जारी रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने अधिकारीहरूको भनाइ छ । विद्युत् आपूर्ति अवरुद्ध हुँदा तथा टेलिफोनहरु काटिएकाले उद्धारकार्य प्रभावित भएको छ ।

भूकम्पको केन्द्रबिन्दु माजेने नगरबाट छ किलोमिटर पर १० किलोमिटर तल रहेको बताइएको छ । त्यहाँको अवस्था दयनिय रहेको योग्यकार्तास्थित गज मद विश्वविद्यालयको भूगर्भ विभागमा कार्यरत डा. गायत्री मार्लियानी बताए ।

उनका अनुसार तटीय क्षेत्रमा भत्किएका भवनमध्ये गर्भनरको कार्यालय पनि छ । कोरोनाको महामारीका कारण प्रभावित क्षेत्रमा प्रतिकार्यका लागि उद्धार गर्ने टोली पुग्न ढिलो हुनसक्ने त्यहाँका सरकारी अधिकारीहरुले जनाएका छन् ।

स्थानीय समयानुसार मध्यरातमा गएको भूकम्पका कारण मानविय क्षति बढी भएको बताइएको छ । भूकम्पलगत्तै सुनामी आउनसक्ने भन्दै तटीय क्षेत्रका हजारौं सर्वसाधारलाई सुरक्षित स्थानतर्फ सारिएको अधिकारीहरुले जनाएका छन् ।

सन् २००४ मा ९ दशमलव १ म्याग्निट्यूडको भूकम्पपछि हिन्द महासागरमा आएको सुनामीका कारण १३ देशमा २ लाख २६ मानिसको मृत्यु भएको थियो । तीमध्ये इन्डोनेशियाको आचे प्रान्तमा मात्र एक लाख ७० हजार जनाले ज्यान गुमाएका थिए ।

यसैबीच इन्डोनेसियाका राष्ट्रपति जोको विडोदोले भूकम्पबाट भएको क्षतिप्रति शोक व्यक्त गर्दै उद्धार तथा राहतमा कमि आउन नदिन सरकारी अधिकारीहरुलाई निर्देशन दिएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...