अमेरिकी राष्ट्रपति ट्रम्पविरूद्ध महाअभियोग दर्ता

Trump 20200712061440

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरूद्ध महाअभियोग दर्ता भएको छ । ट्रम्पविरूद्ध संसदको तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्समा महाअभियोग दर्ता भएको हो । डेमोक्र्याटिक पार्टीले दर्ता गरेको महाअभियोग प्रस्तावमा ट्रम्पमाथि गत बुधबार संसदमा आक्रमणलाई सहयोग गरेको आरोप लगाइएको छ ।

प्रस्तावमा ट्रम्पबाट राष्ट्रपतीय शक्ति खोस्न उपराष्ट्रपति माइक पेन्स र बाँकी मन्त्रिमण्डललाई आग्रह गरिएको छ । उक्त प्रस्तावमाथि तल्लो सदनमा छिटोमा मङ्गलवार मतदान हुन सक्ने जनाइएको छ ।

हाउस अफ रेप्रिजेन्टेटिभ्सका सभामुख न्यान्सी पेलोसीले ट्रम्पका कारण अमेरिकी प्रजातन्त्र र संविधानमाथि तत्काल खतरा रहेको बताएकी छन् । आपराधिक गतिविधिको मतियार बनेको भन्दै डेमोक्र्याटहरूले जनवरी २० तारिखमा पदावधि सकिनुअघि नै ट्रम्पलाई राष्ट्रपति भवनबाट निकाल्न चाहेका बीबीसीले बताएको छ । त्यसको निम्ति उनीहरूले पहिलो प्रयास अमेरिकी संविधानको व्यवस्था अनुसार ट्रम्पलाई पदमुक्त गर्न उपराष्ट्रपति पेन्सलाई दबाब दिएका छन् ।

यो प्रक्रिया सफल भएमा कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी उपराष्ट्रपतिमा आउँछ । उपराष्ट्रपति पेन्स ट्रम्पलाई हटाउन तयार नभएमा महाभियोग प्रस्तावमा बुधवार छलफल सुरु हुने जनाइएको छ ।

तल्लो सदनबाट ट्रम्पमाथि महाभियोग लगाइएमा उनलाई दोषि ठहर्‍याउने या नठहर्‍याउने भन्ने विषय माथिल्लो सदन सिनेटमा प्रस्तुत हुनेछ । ट्रम्पमाथि महाअभियोग लगाइएको यो दोस्रो पटक हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...