५० वर्षीया महिलाको सामूहिक बलात्कारपछि हत्या गर्ने पुजारी पक्राउ

Arrested arrest kaidi

एजेन्सी । मन्दिरमा पुजा गर्न आएकी ५० वर्षीया महिलालाई बलात्कारपछि हत्याका मुख्य अभियुक्त पुजारी पक्राउ परेका छन् । भारतको उत्तर प्रदेशको बदायूं जिल्लामा मन्दिरमा महिलाको सामूहिक बलात्कारपछि हत्याका मुख्य अभियुक्त पुजारी सत्यनारायणलाई पक्राउ गरिएको हो ।


पुजारीमाथि प्रहरीले ५० हजारको इनाम घोषणा गरेका थिए । प्रहरीका अनुसार अभियुक्त पुजारी मेवली गाउँमा एक भक्तको घरमा लुकेर बसेका थिए । गाउँलेले पुजारीलाई पक्राउ गरेर प्रहरीलाई सुम्पिएका हुन् ।

बदायूं जिल्लाको उघैती इलाकामा ५० वर्षीया एक महिलाको सामूहिक बलात्कारपछि हत्या गरिएको थियो । आइतबार बेलुकी महिला पूजा गर्न मन्दिर जाँदा उक्त घटना भएको हो । आरोप मन्दिरका पुजारी र उनका दुई साथीमाथि लागेको छ । प्रहरीले दुई अभियुक्तलाई पहिले नै पक्राउ गरिसकेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...