राष्ट्रपति रहुन्जेल ट्रम्पलाई फेसबुकमा प्रतिबन्ध

Trump 03102018083428

एजेन्सी । सामाजिक सञ्जाल फेसबुकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई राष्ट्रपति रहुन्जेल फेसबुकमा लेख्न नदिने भएको छ । फेसबुकका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गले बुधबार संसद भवनम ट्रम्पको उक्साहटमा उनका समर्थक फैलाएको हिंसापछि उनलाई फेसबुकको सेवा दिइरहनु चुनौतीपूर्ण हुने बताएका छन् ।

ुराष्ट्रपतिलाई बाँकी समय पनि हाम्रो सेवा दिइरहनु निकै चुनौतीपूर्ण छ भन्ने लाग्छ, जुकरबर्गले फेसबुकमा लेखेका छन्, त्यही भएर शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण नभएसम्म फेसबुक र इन्स्टाग्राममा उनीमाथि लगाइएको प्रतिबन्ध जारी रहनेछ ।

यसअघि अर्को सामाजिक सञ्जाल ट्वीटरले बुधबारको संसद हिंसापछि ट्रम्पको ह्यान्डल १२ घन्टाका लागि लक गरिदिएको थियो । ट्वीटरले त्यसपछि भने उनको ह्यान्डल खोलिदिएको छ । बिहीबार ट्रम्पले ट्वीटरमा भिडिओ पोष्ट गर्दै जनवरी २० मा आफूले बाइडेन प्रशासनलाई शान्तिपूर्ण तरिकाले सत्ता हस्तान्तरण गर्ने बताएका छन् ।

प्रतिकृया दिनुहोस