बेलायतमा कोरोनाबाट एकैदिन एक हजार बढीको मृत्यु

Corona 13 e1590631748141

लन्डन । बेलायतमा कोरोना भाइरसको संक्रमणबाट एकैदिन एक हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा एक हजार १६२ जनाको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ । यससँगै बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७८ हजार ५०८ पुगेको छ । मृतक संख्याको आधारमा बेलायत आजबाट विश्वमा पाँचौं स्थानमा रहेको छ । यसअघि बेलायत युरोपियन मुलुक इटालीभन्दा पछाडी रहँदै आएको थियो ।

यसैगरी पछिल्लो २४ घन्टामा बेलायतमा ५२ हजार ६१८ जना नयाँ संक्रमित थपिएका छन् । नयाँ थपिएका संक्रमितसँगै बेलायतमा हालसम्म २८ लाख ८९ हजार ४१९ पुगेको छ । बेलायतमा विगत एकहप्तादेखि दैनिक संक्रमितको संख्या ५० हजारभन्दा माथि रहँदै आएको छ । जुन संख्या बेलायतमा महामारी शुरु भएयाताकै सबैभन्दा बढी हो ।


गएको २४ घन्टामा तीन हजार ६ सय जना संक्रमित अस्पताल भर्ना भएका छन् भने तीस हजार भन्दा बढी कोरोना संक्रमितको अस्पतालमा उपचार भैरहेको छ ।

कोरोनाभाइरस संक्रमितको संख्यामा उल्लेख्य वृद्धि भएका कारण अस्पतालको बेड व्यवस्थापनमा कठिनाई भएको स्वास्थ्य विभागले जनाएको छ । हालसम्म १२ लाख ९६ हजार ४३२ जनालाई कोरोना विरुद्धको भ्याक्सिनको पहिलो दिईसकेको स्वास्थ्य विभागले जनाएको छ । जसमध्ये २१ हजार ३१३ जनालाई भ्याक्सिनको दोस्रो डोज पनि दिइसकिएको छ ।

प्रतिकृया दिनुहोस