दोलखाको शहरेमा  पालिकास्तरीय खेल मैदान निर्माण सम्पन्न

Khel maidan 1

काठमाडौँ । दोलखाको तामाकोशी गाउँपालिका–५ शहरेमा  पालिकास्तरीय खेल मैदान निर्माण सम्पन्न भएको छ । तामाकोशी गाउँपालिकाको करिब रु डेढ करोड लागतमा खेल मैदान निर्माण सम्पन्न भएको गाउँपालिका अध्यक्ष ईश्वरचन्द्र पोखरेलले जानकारी दिए ।

बोलपत्र प्रक्रियामार्फत निर्माणको जिम्मा पाएको शङ्कर निर्माण सेवाले समयमै काम सम्पन्न गरेको हो । राष्ट्रियस्तरको खेलकूद आयोजना गर्नका लागि आवश्यक पर्ने मापदण्डअनुसार ११० मिटर चौडाइ र १२० मिटर लम्बाइको खेल मैदान रहेको छ  ।

उनले खेल मैदान निर्माण भएसँगै विभिन्न खेलकूदका कार्यक्रम आयोजना गर्नका लागि सहज भएको बताए । गाउँपालिकाले युवालक्षित र खेलकूदलाई विशेष प्राथमिकता दिएको छ । अन्य क्षेत्रमा जस्तै खेलकूदमा पनि विकास गराउने उद्देश्यले गाउँपालिकाले सबै वडामा खेल मैदान निर्माण गरिरहेको छ । 

पालिकाले अन्य विकासका योजना साथै खेलकूदलाई समेत प्राथमिकत दिएर नीति तथा कार्यक्रमअन्तर्गत समेटी योजना नै बनाई काम गरिरहेको छ ।  यस वर्षसमेत खेलकूद विकासका लागि रु एक करोड १५ लाख रकम विनियोजन गरेको प्रमुख प्रशासकीय अधिकृत निमेश मिश्रले जानकारी दिए । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...