वेलायतमा फेरि लकडाउनको घोषणा, घर बाहिर निस्कन प्रतिबन्ध

Boris johnson belayat

काठमाडौं । कोरोनाको नयाँ लहर सुरु भएसँगै बेलायतमा फेरि लकडाउनको घोषणा भएको छ । आउँदो फेब्रुअरी महिनाको मध्यतिरसम्म लकडाउन हुने छ ।

बेलायतमा कोरोनाको नयाँ प्रकारको भाइरस देखा परेसँगै विभिन्न देशहरुले बेलायतसँगको हवाई उडानहरु स्थगित गरेका छन् । बेलायतसहित अरु थुप्रै देशहरुमा अहिले कोरोनाको नयाँ प्रकारको सङ्क्रमण देखा पर्न थालिसकेको छ । लकडाउन घोषणा भए पनि स्कुल, कलेज र विश्वविद्यालय खुलेका छन् ।

लकडाउन अवधिभर अति आवश्यक नपरि घरबाट बाहिर निस्कन पाइने छैन । दैनिक अभ्यास, अस्पताल, घरेलु हिंसालगायत अति(आवश्यक कामका लागि मात्रै स्वास्थ्यसम्बन्धी मापदण्ड अपनाएर घरबाट बाहिर निस्कन पाइने छ ।

बेलायतका प्रधानमन्त्री बोरिस जोनसोनले लकडाउन घोषणा गर्दै सबैजनालाई घरभित्रै बस्न आग्रह गरेका छन् । देशवासीको नाममा सम्बोधन गर्दै उहाँले कोरोना भाइरसको नयाँ लहर अनुसार सङ्क्रमण तीव्र गतिमा फैलिरहेकाले त्यसको नियन्त्रणका लागि सरकार सक्रिय भएर लागि परेको बताए ।

 

प्रतिकृया दिनुहोस