बाहिरियो ट्रम्पको फोन वार्ताः जर्जियामा मलाई ११ हजार ७८० भोट चाहियो

Trump uhbfi3msys

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको एक फोन रेकर्डिङ सार्वजनिक भएको छ जसमा उनी जर्जिया प्रान्तका शीर्ष चुनाव अधिकारीलाई आफूलाई जिताउन लायक भोटको बन्दोबस्त गरिदिन आग्रह गरिरहेका छन् ।

राष्ट्रपति ट्रम्पले जर्जियाका निर्वाचन अधिकारीलाई आफूले विजय प्राप्त गर्न आवश्यक मतको व्यवस्था गर्न दबाब दिएको खुलासा भएको छ । हालै सार्वजनिक फोन रेकर्डिङमा उनले रिपब्लिकन सेक्रेटरी अफ स्टेट ब्रेड रेफेनस्पर्जरलाई यस्तो दबाब दिएको पाइएको हो ।

ट्रम्पले रेफेनस्पर्जरलाई भनेका छन्, ‘मलाई ११,७८० मत चाहिन्छ ।’ तर रेफेनस्पर्जरले जर्जियाको चुनावी परिणाम सही रहेको भन्दै अस्वीकार गरेको बताइएको छ । जर्जियाको चुनावमा डेमोक्रेटिक उम्मेदवार जो बाइडेनले जित हासिल गरेका थिए ।

मतदानलगत्तै ट्रम्पले चुनावमा धाँधली भएको आरोप लगाएका थिए । तर उनले यसबारेमा कुनै प्रमाण सार्वजनिक गरेका थिएनन्। अमेरिकामा सबै ५० वटै राज्यको चुनावी परिणामलाई प्रमाणित गरिसकिएको छ । अमेरिकी अदालतले पनि जो बाइडेनको जितविरुद्ध दायर भएका ६० वटा मुद्दा खारेज गरिसकेको छ । अमेरिकी कंग्रेसले ६ जनवरीमा चुनावी परिणामलाई स्वीकार गर्नेछ भने जो बाइडेनले २० जनवरीमा राष्ट्रपति पदको सपथ लिनेछन् ।

प्रतिकृया दिनुहोस