रामदेवले कोरानाविरुद्धको खोप नलगाउने

Baba ramdev

एजेन्सी । भातीय योग गुरु बाबा रामदेवले कोराना भाइरसविरुद्धको खोप नलगाउने घोषणा गरेका छन् । कोरोना भ्याक्सिन (खोप) बनेकोमा स्वागत गर्दै आफुले खोप भने नलाउने रामदेवले घोषणा गरेका हुन् ।

आइतबार दिल्लीको एक होटलमा आयेजित कार्यक्रममा बोल्दै रामदेवले आफुलाई कोरोना खोप आवश्यक नरहेको समेत स्पष्ट पारे ।

उनले भने, ‘मलाई खोपको आवश्यकता छैन, किनभने मलाई कोरोना संक्रमण भएको छैन, म पूर्ण रुपमा सुरक्षित छु । कोरोनाका जतिवटा अवतारहरु आएपनि मेरा लागि फरक पर्दैन ।’ रामदेव नयाँ दिल्लीको ले म्याराडियन होटलमा आयोजित एकल अभियान कार्यक्रमको विशेष अतिथिको रुपमा उपस्थिति थिए । मानिसहरुले पतञ्जलीको बारेमा अनावश्यक कुरा गरेर पनि केही फरक नपर्ने बताए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...