धारापानी धाममा बढ्दो पर्यटक चहलपहल

Dharpani

काठमाडौँ । दाङको घोराही उपमहानगरपालिका–५ धर्नामा रहेको धारापानीमा सधैँ चहलपहल हुन थालेको छ । कोभिड–१९ का कारण बन्द भएको यो ठाउँ आजभोलि स्थानीय र बाह्य पर्यटकको घुमघामको रोजाइको स्थान बन्दै गएको छ ।

बजारदेखि नौ किलोमिटर दूरीमा पर्ने सो स्थानमा निजी सवारीसाधन वा बस÷अटोरिक्साबाट सजिलै पुग्न सकिने र स्थानसम्म सडक पक्की भएकाले स्थानीय र बाह्य पर्यटकको उपस्थिति बढेको छ । धारपानीमा ५५ दशमलव पाँच फिट उचाइको पञ्चधातु त्रिशूल निर्माण भएपछि आन्तरिक पर्यटकको गन्तब्य बनेको हो । 

कोभिड–१९ का कारण आठ महिनासम्म मन्दिरमा प्रवेश रोक लगाइएकामा गत मङ्सिरदेखि पुनः खुला भएपछि तीर्थयात्री र अन्य सर्वसाधारणको घुइँचो लाग्न थालेको हो । पछिल्लो समयमा बिदाको दिन परिवारसँग र साथीभाइ मिलेर घुम्न आउनेको सङ्ख्या पनि बढेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेश अधिकारीले बताए ।

पूरै स्थल घुम्न लगभग एक घण्टा लाग्छ । यो ठाउँ धार्मिक र प्राकृतिक महत्वको भएकाले यहाँ सबैको रोजाइको स्थान भएको छ । कोभिडका कारण सुनसान बनेको यो क्षेत्र पुरानो लयमा फर्कन थालेको छ ।
यहाँ आउने पर्यटकले आफैँ सुरक्षा सावधानी अपनाउने गरेको उनले बताए । “यातायातको सुविधा र घोराही बजारको नजिकै भएका कारण पनि पर्यटकको रोजाइको विषय बनेको हो ।

वनभोज स्थल भने अझै चल्न सकेको छैन । शिवरात्रि र साउन महिनामा यहाँ घुइँचो नै लाग्छ”, अधिकारीले भने । अग्लो त्रिशूल, १०८ शिवलिङ्ग, १०८ वरपिपल जोडी, १०८ समीका वृक्ष, ॐकुण्ड, पाण्डव शयन शिला, विभिन्न देवीदेवताका मन्दिर, वनजङ्गल त्यहाँ पुग्ने पर्यटकको रोजाइ बन्छ । नजिकै सूर्य गङ्गा बबई नदी र वरपर हरियाली वातावरण भएका कारण पनि दैनिक सयौँको सङ्ख्यामा बाह्य र आन्तरिक पर्यटकको मनै लोभ्याउने देखिन्छ ।

पर्यटन विकासका लागि विभिन्न भौतिक पूर्वाधार निर्माण गर्ने काम गुरुयोजनाअनुसार अगाडि बढेको धामका सचिव विष्णुराम आचार्यले जानकारी दिए । धामदेखि करीब २०० किलोमिटर दक्षिण डाँडामाथि सुनकोटमा भगवतीको मन्दिरसम्म पुग्नलाई चार हजार ९६३ सिंढी बनाउने काम शुरु भएको छ ।

प्रवेश द्वार निर्माण, पार्किङको व्यवस्था, सिमसार क्षेत्र, तलाउ, टापुलगायतका संरचना गुरुयोजनाअनुसार बन्दै गएका छन् । गुरुयोजना विभिन्न दाता र राज्यको लगानीमा अगाडि बढेको आचार्यले बताए ।

लुम्बिनी प्रदेश सरकारले यहाँको विकासका लागि रु पाँच करोड बजेट विनियोजन गरेको छ । गुरुयोजनामा धारापानी वरपरको वन क्षेत्र संरक्षण गर्ने, मन्दिरको उत्तरतर्फ करिब चार विघा क्षेत्रफमा नौका शयरका लागि ताल बनाउने, सुनकोटमा ३१ क्विन्टलको घण्ट निर्माण गर्ने योजना रहेको छ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...