पछिल्लो २४ घण्टामा देशभर ७०८ जनामा कोरोना संक्रमण पुष्टि

Corona 3

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ७ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै देशभर संक्रमितको संख्या २ लाख ५९ हजार ५४८ पुगेको छ ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या ६ हजार ३ सय९६ छ भने क्वारेन्टाइनमा ३ सय ६९ जना रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म १९ लाख २१ हजार ३ सय ६७ पीसीआर परीक्षण भएका छन् ।

त्यसैगरी २४ घण्टामा ७ सय ३१ जना निको भइ डिस्चार्ज भएका छन् । योसँगै कोरोनाबाट निको हुनेको संख्या २ लाख ५१ हजार ३ सय १२ पुगेको छ । २४ घण्टामा कोरोनाबाट ८ को मृत्यु भएको छ र हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८ सय ४० रहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...