वल्भ्ससँग टोटेनहमको बराबरी

Tot draw 2 1024x741

काठमाडौँ । अन्तिम चार मिनेट सम्हालिन नसक्दा टोटेनहम हस्टपरले वल्भ्ससँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

वल्भ्सको मैदानमा टोटेनहमले खेलको पहिलो मिनेटमा नै टांगी एनडाम्वेलेको गोलबाट अग्रता लिको थियो । उनले बिन डेभिसको पासमा गोल गरेका थिए ।

१४औं मिनेटमा एनडोम्वेलेले मार्कललाई बिट गर्दै दिएको क्रसमा सर्जियो रिगुइलोनको फ्रि हेडर पोस्ट नजिकैबाट बाहिरिदा टोटेनहमले अग्रता दोब्बर पार्न सकेन ।

२१औं मिनेटमा टोटेनहमले अर्को अवसर खेर फाल्यो । २८औं मिनेटमा घरेलु टोली वल्भ्सले खेललाई बराबरी गर्ने मौका गुमायो । नेल्सन सेमेडोको क्रस पासमा फावियो सिल्भाको प्रहार पोस्ट नजिकैबाट बाहिरिएको थियो ।

८६औं मिनेटमा रोमेन साइसले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले पेड्रो नेटोको पासमा गोल गरेका थिए ।

लगत्तै वल्भ्सले अग्रता लिने अवसर गुमाएको थियो । इन्ज्युरी समयको थप गरिएको छैटौ मिनेटमा रुवेन नेभेसको लामो पासमा इरिक डाएरले क्लियर गर्न नसक्दाको बललाई फावियो सिल्भाको प्रहार पोट नजिकैबाट बाहिरिदा वल्भ्स जितबाट वञ्चित बन्यो ।

यो बराबरीले टोटेनहमले तेस्रो स्थानमा उक्लने अवसर खेर फाल्दा पाँचौ स्थानमा यथावत रह्यो । वल्भ्स २१ अंक जोडेर ११औं स्थानमा रह्यो । टोटेनहमको १५ खेलबाट २६ तथा वल्भ्सको २१ अंक छ ।

प्रतिकृया दिनुहोस