प्रकृति र संस्कृतिका विविधताको उपयोगमा जोड

Tourist pokhara stupa 758x425

काठमाडौँ । गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) गण्डकी प्रदेशको आयोजनामा शनिबारदेखि जारी पर्यटन पुनःउत्थान एवं ग्रामीण पर्यटन प्रवद्र्धन कार्यक्रममा ग्रामीण क्षेत्रका प्रकृति र संस्कृतिलाई पर्यटन बजारमा उपयोग गर्नुपर्नेमा जोड दिइएको छ ।

नेपाल पर्यटन बोर्ड पोखराको प्रवद्र्धन र पोखरा पर्यटन परिषद्को सहयोगमा सञ्चालित उक्त कार्यक्रमअन्तर्गत शनिबार बागलुङको काठेखोला गाउँपालिका–५ बिहुँकोटस्थित शिवधुरी सामुदायिक घरवास र गलकोट नगरपालिका–११ स्थित रिघा सामुदायिक घरवासमा गरिएका अन्तरक्र्रियामा वक्ताले नेपालमा ग्रामीण क्षेत्रमा पर्याप्त पर्यटकीय सम्भावना भएर पनि त्यसको अझै उजागर हुन नसकेको बताए । कोरोना कहरका कारण थलिएको पर्यटनलाई स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै चलायमान गराउनुपर्नेमा पनि वक्ताहरूले जोड दिए ।

भिटोफ गण्डकी प्रदेशका अध्यक्ष नवराज अधिकारीले ‘हरेक गाउँ, पर्यटकीय ठाउँ’ भन्ने नाराका साथ भिटोफले गाउँ पर्यटनको प्रवद्र्धन र विकासमा जोड दिएको बताए । लामो समयदेखि कोरोनाले थलिएको पर्यटनलाई चलायमान बनाउने उद्देश्यका साथ पर्यटनसम्बद्ध क्षेत्रका प्रतिनिधि, सञ्चारकर्मीसहितको टोली पुनःउत्थान एवं प्रवद्र्धन कार्यक्रममा सहभागी भएको उनले बताए ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले प्रकृति र संस्कृतिले सम्पन्न पर्यटकीय गाउँको प्रवद्र्धनका माध्यमबाट आन्तरिक पर्यटनको विकास गर्न सकिने बताए । पर्यटनमा बाटोको सहजता अपरिहार्य हुने बताउँदै उनले गाउँसम्म आउने बाटोलाई व्यवस्थित गर्नेतर्फ लाग्नुपर्ने आवश्यकता औँल्याए । पर्यटकीय सम्भावनाका आधारमा गाउँको प्राथमिकीकरण गर्दै अघि बढ्नुपर्ने उनको भनाइ छ ।

नेपाल पर्यटन बोर्ड पोखराका प्रमुख काशीराज भण्डारीले रमणीय गाउँहरूमा पर्यटनका धेरै सम्भावना रहेको भन्दै पूर्वाधार विकासलगायतमा स्थानीय जागरुकता अपरिहार्य हुने बताए । स्थानीय जागरुकता भएमा बजेटको अभावमा पूर्वाधार नरोकिने उनको तर्क छ । शिवधुरी सामुदायिक घरवासका अध्यक्ष प्रेमबहादुर श्रीषले घरवास पर्यटनमा पूर्वाधार विकासका लागि सहुलियतपूर्ण ब्याजदरमा ऋण प्रवाह हुनुपर्ने आवश्यकता औँल्याए ।

घरवास सञ्चालनका लागि निर्धारित मापदण्डलाई सहज बनाउनुपर्ने उल्लेख गर्दै उहाँले सुन्दर गाउँहरू प्रवद्र्धनको पर्खाइमा रहेको बताए । घरवासका सचिव प्रेमबहादुर पुन, उपाध्यक्ष ध्रुवबहादुर कँडेल, काठेखोला गाउँपालिकाका कार्यपालिका सदस्य हेमबहादुर विकलगायतले शिवधुरी र आसपासका ऐतिहासिक एवं सांस्कृतिक महत्वका स्थललाई पर्यटनसँग जोड्न सकिने धेरै आधार रहेको उल्लेख गरे ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...