पीएसजीका प्रशिक्षक टुचेल बर्खास्त

Psg kwvabdlyyv

काठमाडौँ । पेरिस सेन्ट जर्मेन (पीएसजी) का प्रशिक्षक थोमस टुचेल बर्खास्त भएका छन् । क्लबका निर्देशक लियोनार्दोले प्रशिक्षक टुचेललाई बर्खास्त गरेका हुन् ।

पीएसजीलाई लगातार दुई पटक लिग जिताएका टुचेल र क्लबका निर्देशक लियोनार्दोबीच पछिल्लो समय खटपट हुँदै आएको थियो । जर्मन प्रशिक्षक टुचेल सन् २०१८ देखि पीएसजीको प्रशिक्षक रहेका थिए ।

टुचेलको बर्खास्तीसँगै पीएसजीको नयाँ प्रशिक्षक को बन्ला भन्ने अड्कलबाजी सुरु भएको छ । पीएसजीको प्रशिक्षक बन्ने दौडमा टोटनह्यामका पूर्व प्रशिक्षक माउरिसियो पोचेटिनो तथा एसी मिलान र युभेन्टसलाई लिग जिताएका मासिमिलानो एलेग्री चर्चामा छन् । अर्जेन्टिनी नागरिक पोचेटिनो पीएसजीको प्रशिक्षक बन्ने बलियो सम्भावना रहेको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...