फुटबल खेलाडी विमल घर्तिमगर घाइते

Bimal garti magar

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड बिमल घर्तिमगर गम्भीर घाइते भएका छन् । राष्ट्रिय टोलीको बन्द प्रशिक्षणका क्रममा उनी गम्भिर घाइते भएका हुन् । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा चलिरहेको बन्द प्रशिक्षणमा उनको घुँडामा चोट लागेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का प्रवक्ता किरण राईले जानकारी दिएका छन् ।

बिमलको ‘लिगामेन्ट’ च्यातिएको छ । उनको शल्यक्रिया गर्नुपर्ने चिकित्सकले बताएका छन् । शल्यक्रियापछि मात्र खेलबाट के कति समय वञ्चित हुनुपर्ने हो थाहा हुने प्रवक्ता राईले बताउका छन् । यसअघि विश्वकप छनोटको क्रममा बिमल तीन महिना अनुशासनको कारबाहीमा परेका थिए। लामो समयको पर्खाइपछि बन्द प्रशिक्षणमा फर्किएका बिमल पछिल्लो मछिन्द्र क्लबमा आबद्ध छन् ।

 

प्रतिकृया दिनुहोस