कैलाश यात्रा सञ्चालक सङ्घका अध्यक्षमा बस्नेत निर्वाचित

2020 12 19 kailash mansarovar

काठमाडौँ । चीनको कैलाश मानसरोवर पर्यटक लैजाने नेपाली व्यवसायीको संस्था कैलाश यात्रा सञ्चालक सङ्घका अध्यक्षमा जीतेन्द्र बस्नेत निर्वाचित भएका छन् ।

सङ्घको शुक्रबार साँझ सम्पन्न १० औँ वार्षिक साधारणसभाले बस्नेतका अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।

सङ्घका प्रथम उपाध्यक्षमा लीलाबल्लभ दाहाल ‘काका’, द्धितीय उपाध्यक्षमा कृष्णप्रसाद ढकाल, महासचिवमा प्रचण्ड मानन्धर, सचिवमा गोपाल थापा र कोषाध्यक्षमा प्रदीप पण्डित निर्विरोध निर्वाचित भएका छन् ।

यस्तै सदस्यमा सूर्यप्रसाद पाठक, वसन्त बराल, राजन श्रेष्ठ, रामचन्द्र श्रेष्ठ र विवेकराज देवकोटा निर्वाचित भएका छन् । कैलाश यात्रा सञ्चालक सङ्घमा हाल देशभरका ४० भन्दा बढी कम्पनी आबद्ध छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आज गुरुपूर्णिमा मनाइँदै, व्यास जयन्ती पनि आजै

Teacher recruitment

काठमाडौं । गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट...