लेवानडोस्कीलाई फिफा बेस्ट खेलाडीको अवार्ड

Capture

काठमाडौँ । पोल्याण्डका बायर्न म्युनिखबाट खेल्ने रोबेर्ट लेवानडोस्कीले यस बर्षको फिफाको पुरुष तर्फको बेस्ट खेलाडीको अवार्ड जितेका छन् । उपाधि जितेसँगै लेवान्दोस्कीले लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोको वर्चश्वलाई फेरि एक पटक तोडेका छन् ।

गएराती भएको फिफा समारोहमा लेवानडोस्कीले क्रिस्टियानो रोनाल्डो र लियोनेल मेसीलाई पछाडी छोड्दै फिफाको द बेस्ट खेलाडीको उपाधि जितेका हुन् । लेवानडोस्कीले गएको सिजनमा (२०१९–२०) मा बायर्नका लागि ४७ खेलमा ५५ गोल गरेका थिए । उनले बायर्नलाई जर्मनी लिग बुण्डेसलिगा, च्याम्पियन्स लिग र डिएफबि पोकलको उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

त्यस्तै महिलातर्फको उत्कृष्ट खेलाडीको अवार्ड इङल्याण्डकी लुसी ब्रोन्जले जितेकी छन् । त्यस्तै लिभरपुलका म्यानेजर जर्गन क्लोपले बर्षको उत्कृष्ट म्यानेजरको अवार्ड जितेका छन् । त्यस्तै महिला टिमको म्यानेजरको अवार्ड नेदरल्याण्डको महिला टिमकी म्यानेजर सरिना विएगम्यानले जितेकी छन् ।

त्यसैगरी टोटनह्यामका दक्षिण कोरियाली खेलाडी सन हेंग मिनले पुकास वार्ड जितेका छन् । त्यस्तै बायर्नका मान्युएल नेउरले बर्षको उत्कृष्ट गोलकिपरको अवार्ड जितेका छन् भने महिलातर्फको उत्कृष्ट गोलकिपरको अवार्ड लियोनकी सराह बौहाडीले जितेकी छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...