लयमा फर्कदै घरवास पर्यटन

Tourism e

काठमाडौँ । गण्डकी प्रदेशको घरवास पर्यटन पुरानै लयमा फर्किने भएको छ । कोभिड–१९ को महामारीसँगै सुस्ताएको घरवास पर्यटन पुरानै लयमा फर्किने भएको हो ।

हिमालदेखि तराईसम्मका घरवास समेटिएको गण्डकी प्रदेशमा पछिल्ला दिनमा आन्तरिक पर्यटक पुग्न थालेसँगै होमस्टे सञ्चालकमा पनि उत्साह थपेको छ । गण्डकी प्रदेश भ्रमण वर्ष २०१९÷२०२२ को संयोजक जुद्धबहादुर गुरुङले यहाँका घरवासमा आउने आन्तरिक पर्यटक वृद्धि हुँदै गएको बताए । उनका अनुसार दैनिक उल्लेख्य सङ्ख्यामा आन्तरिक पर्यटक आउने गरेका छन् ।

गण्डकी प्रदेश सरकारले घरवासको प्रवद्र्धन र विकासलाई उच्च प्राथमिकतामा राखेको संयोजक गुरुङले बताए । उनका अनुसार चालु आर्थिक वर्षमा प्रदेश सरकारले यहाँका १३३ घरवासका लागि प्रतिघरवास रु १०/१० लाखका दरले पूर्वाधार विकास गर्न रु १३ करोड ३० लाख बजेट छुट्याइएको छ । 

“प्रदेश सरकारले घरवासमा पूर्वाधार विकासका लागि बजेट विनियोजन गरेसँगै लक्ष्य अनुसार काम भए वा नभएको त्यसको अनुगमनको पाटोलाई पनि सँगसँगै अघि बढाएको छ,” उनले भने, “प्रदेशको नीति तथा योजना आयोगबाट घरवासको कार्यविधि अनुसार काम भए वा नभएको, बजेट कार्यान्वयनको प्रभावकारितालगायत विषयमा अध्ययन गर्दै आगामी दिनमा यसको थप प्रभावकारिताका लागि लिइने रणनीतिका विषयमा अध्ययनको तयारी भएको छ ।”

प्रकृति र संस्कृतिले सम्पन्न पर्यटकीय गाउँमा घरवास पर्यटनका माध्यमबाट विकास गर्ने लक्ष्यका साथ प्रदेशमा घरवासको प्रवद्र्धन र विकासलाई प्राथमिकताका साथ अघि बढाइएको गाउँ पर्यटन प्रवद्र्धन मञ्च भिटोफ गण्डकी प्रदेशका अध्यक्ष नवराज अधिकारीले जानकारी दिए । “हिमाल, पहाड र तराईसम्मका प्रकृति र संस्कृतिलाई गण्डकीमा सञ्चालित घरवासले प्रतिनिधित्व गरेका छन्”, उनले भने, “हामी यतिखेर सुस्ताएको पर्यटनलाई पुरानै लयमा फर्काउने सोचका साथ अघि बढेका छौँ ।”

गण्डकीमा विशेषतः चाडबाड शुरु भए यता विस्तारै घरवासमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । हिमालपारीको मनाङ, मुस्ताङ हुँदै पहाडी जिल्ला कास्की, तनहुँ, लम्जुङ, म्याग्दी, पर्वत, बाग्लुङ, स्याङ्जा, गोरखा र तराईको नवलपुर गण्डकी प्रदेशमा पर्दछन् ।

हिमालपारीको जिल्ला मुस्ताङको ठिनी सामुदायिक घरवाससहित यहाँ चार वटा सामुदायिक घरवास सञ्चालनमा छन् भने अन्य दुई थपिने क्रममा छन् । मनाङको ओढार सामुदायिक घरवास सञ्चालनमा आइसकेकोे छ ।

पहाडी जिल्लातर्फ नेपालमा नै पहिलोपटक शुरु भएको सिरुवारी घरवासदेखि लम्जुङको घलेगाउँ सामुदायिक घरवास तथा तराईको नवलपुरस्थित थारु एंव मगरलगायत विभिन्न जातजातिका संस्कृतिसहित १० वटा घरवास सञ्चालनमा छन् । 

पछिल्ला दिनमा प्रदेशमा घरवास थपिने क्रम पनि उत्तिकै बढेको छ । गण्डकी प्रदेशमा हालसम्म ३०० भन्दा बढी घरवास सञ्चालनमा रहेका छन् भने केही घरवास थपिने क्रममा रहेको अध्यक्ष अधिकारीको भनाइ छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...