निर्माणधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा क्रिकेट प्रतियोगिता शुरु

131243681 302053911147859 1636066481819922146 n

काठमाडौँ । चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा आजदेखि गौतमबुद्ध कप–२०२० क्रिकेट प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा टिम नारायणीले विजयी शुरुआत गरेको छ ।

वाग्मती टिमलाई सुपरओभरमा पराजित गर्दै नारायणीले विजयी शुरुआत गरेको हो । सुपरओभरमा नारायणीले दिएको २६ रनको लक्ष्य पछ्याएको वाग्मतीले २० रन मात्र बनाउन सक्यो । यसअघि वाग्मती र नारायणीले समान ११७ रन बनाएपछि खेल सुपरओभरमा धकेलिएको थियो ।

वाग्मती प्रदेश क्रिकेट सङ्घको आयोजना तथा चितवन क्रिकेट सङ्घको संयोजनमा प्रतियोगिता शुरु भएको हो । प्रतियोगितामा तीन टिम वाग्मती, नारायणी र राप्तीको सहभागिता रहेको चितवन क्रिकेट सङ्घका अध्यक्ष कैलाश प्रधानले जानकारी दिए ।

वाग्मतीको कप्तानमा राष्ट्रिय टोलीका कप्तानसमेत रहेका ज्ञानेन्द्र मल्लले गरेका छन् । यस्तै नारायणीको कप्तान सुवास खकुरेल रहेका छन् । यसअघि पूर्व राष्ट्रिय कप्तान पारस खड्काले कप्तानी गर्ने भनिएकामा पारसलाई कोरोना पुष्टि भएपछि सुवासले कप्तानी सम्हालेका थिए । राप्तीको कप्तानमा विनोद भण्डारी रहेका छन् ।

प्रतियोगिताको दोस्रो खेलमा भोलि वाग्मती र राप्ती भिड्नेछन् भने तेस्रो खेलमा राप्ती र नारायणी भिड्नेछन् । शीर्ष दुईमा रहने टोली फाइनलमा प्रवेश गर्नेछ । फाइनल खेल मङ्सिर ३० गते हुने आयोजकले जनाएको छ । प्रतियोगिताको वाग्मती प्रदेश खेलकूद परिषद्को सदस्यसचिव सूर्य भण्डारीले उद्घाटन गरेका थिए ।

प्रतिकृया दिनुहोस