महिला तथा पुरुष खेलाडीलाई समान तलब दिने एन्फाको निर्णय

Nepal football

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले महिला तथा पुरुषलाई समान तलब दिने निर्णय गरेको छ । विहीबार (आज) बसेको एन्फाको कार्यसमिति बैठकले राष्ट्रिय टिमका खेलाडीको तलब बढाएर मासिक १८ हजार पु¥याउने निर्णय गरेको हो ।

यसअघि पुरुष फुटबलरले मासिक १५ हजार रुपैयाँ पाउँदै आएका थिए, भने महिला फुटबलरले मासिक ७ हजार मात्रै पाउदै आएका थिए । एन्फाले पुरुषको ३ हजार रुपैयाँ बढाएर १८ हजार पु¥याएको छ ।

त्यस्तै, महिला फुटबलरको पनि पुरुष सरह बनाउन मासिक ११ हजार रुपैयाँ बढाइएको छ । त्यसोत, लामो समयदेखि महिला र पुरुष फुटबलरको तलब समान हुनुपर्ने विषयमा आवाज उठ्दै आएको थियो ।

 

प्रतिकृया दिनुहोस