प्रहरी नियन्त्रणबाट भागेका किशोर समातिए

Arrested arrest kaidi

धनगढी । बालिका बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परे पनि प्रहरीको आँखा छलेर भागेका बझाङका एक किशोरलाई प्रहरीले डोटीबाट पक्राउ गरेको छ । बझाङको मस्टा गाउँपालिका–२ का १६ वर्षीय राजेन्द्र बोहरा अस्पतालबाट फरार भएका थिए । उनलाई डोटीको पूर्वचौकी गाउँपालिकाबाट प्रहरीले पक्रेको हो ।

गत असोज ७ गते साँझ मस्टा गाउँपालिका–२ की १२ वर्षीया सम्झना विश्वकर्मालाई बलात्कारपछि त्रिशूलले रोपेर उनले हत्या गरेका थिए । हत्या अभियोगमा पक्राउ परी पुर्पक्षका लागि कारागार चलान भएका १६ वर्षीय बोहोरालाई प्रहरीले बाल सुधार गृहमा राखेको थियो । कोरोना संक्रमण देखिएपछि उनलाई बाल सुधार गृहबाट जिल्ला अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो । त्यहिँबाट उनी भागेका थिए ।

राति १० बजे फरार भएका बोहरालाई पूर्वचौकी गाउँपालिकाको शान्तिनगर जंगलमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख जनकराज पाण्डेले जानकारी दिए ।

अस्पतालमा युवकको सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई तत्काल निलम्बन गरेर थप छानबिन गरिने सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेश कुमार सिंहले बताए । ‘अस्पतालमा खटिएका प्रहरीको लापरबाहीका कारण किशोर फरार भए पनि प्रहरी सक्रियताकै कारण उनलाई समयमै पक्राउ गरिए छ,’ उनले भने ।

बोहोराले सम्झनाको हत्या गर्नुपूर्व मष्टाकै १४ वर्षीया बालिकामाथि समेत जबरजस्तीकरणी गरेको घटना सार्वजनिक भएको थियो । सो घटनामा गाउँमै मिलापत्र गराउने ८ जनालाई पक्राउ गरी प्रहरीले मुद्दा चलाएको थियो । उनीहरु धरौटीमा छुटेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...