पर्यटकीयस्थलहरुमा चहलपहल बढ्दै

Tourist bangala 1024x533

काठमाडौँ । जिल्लाका धार्मिक तथा पर्यटकीयस्थलहरुमा चहलपहल बढ्न थालेको छ । लामो समयसम्म कोरोना सङ्क्रमणका कारण सुनसान बनेका धार्मिक तथा पर्यटकीयस्थलमा स्वास्थ्य सावधानी अपनाएर मन्दिरमा पूजापाठसँगै सर्वसाधाणको चहलपहल बढ्न थालेको हो ।

जिल्लाका मठमन्दिर, कृत्रिम जलाशयसँगै पर्यटकीयस्थलमा पुग्ने मानिसको सङ्ख्या बढ्दै जान थालेको छ । घोराही उपमहानगरपालिका–१३ मा रहेको ज्यामिरे दहमा पुग्ने मानिसको सङ्ख्यामा समेत वृद्धि भएको डुङ्गाचालक वीरजन पुनले जानकारी दिए ।

कोरोना सङ्क्रमणको जोखिमका कारण लामो समयसम्म चल्न नसकेका डुङ्गा अहिले चल्न थालेको उनको भनाइ छ ।  आजभोलि दैनिक करिब २०० को सङ्ख्यामा मानिस दहमा घुमफिर तथा डुङ्गा चढ्न आउने गरेको उनले बताए ।

ज्यामिरे दह सामुदायिक वन उपभोक्ता समूहको जङ्गलको बीचमा रहेको दह आकर्षक रहेको छ । वडा नं १३ कै बाह्रकुने दहसँग जोडिएको ज्यामिरे दहलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नका लागि करिब तीन वर्ष पहिले तालको चौडाइ, लम्बाइ र गहिराइ बढाइएको थियो ।

करिब १२ बिघा क्षेत्रफलमा फैलिएको दहको लम्बाइ एक हजार १५ मिटर, चौडाइ ४५ मिटर र गहिराइ ३० मिटर रहेको ज्यामिरे दह सामुदायिक वन उपभोक्ता समूहले जनाएको छ । बाह्रकुने दहबाट ज्यामिरे दह पुग्नका लागि ग्रिलसहितको सिँढी निर्माण गरिएको छ ।

प्रदेश सरकारको सहयोगमा डिभिजन वन कार्यालय दाङले पर्यटकीय क्षेत्रको विकासका लागि ग्रिलसहितका सिँढी निर्माण गरिदिएपछि बाह्रकुने दहबाट ज्यामिरे दह मानिसलाई आउन सहज भएको स्थानीय कमल पुनले जानकरी दिए । त्यस्तै  पर्यटकीयस्थल राप्ती शान्ति उद्यानमा पर्यटकको आकर्षण बढ्दै गएको छ ।

कोरोनाका कारण सुनसान बनेको शान्ति उद्यानमा पछिल्लो समयमा विभिन्न भौतिक संरचना थपिएसँगै पर्यटक पनि थपिँदै गएका छन् । लुम्बिनी प्रदेश सरकार र तुलसीपुर उपमहानगरपालिकाको सहयोगमा रु २४ लाख लागतमा बुद्धको मूर्ति स्थापना गरेसँगै दिनहुँजसो आन्तरिक पर्यटकको केन्द्र बन्दै गएको उद्यान व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराज भण्डारीले जानकारी दिए ।  उनले बिदाको दिन दैनिक ५०० भन्दा बढी पर्यटक आउने गरेको बताए ।

उनले शान्ति उद्यानमा विभिन्न संरचना पछिल्लो समयमा थपिएपछि पर्यटक पनि भरिभराउ हुने गरेको बताए । विसं २०५९ मा शान्तिको कामना गर्दै तुलसीपुर उपमहानगरपालिका–७ मा स्थापना भएको प्रदेशकै सबैभन्दा ठूलो पर्यटनको सम्भावना बोकेको राप्ती शान्ति उद्यान आन्तरिक पर्यटकको गन्तव्य स्थान बन्दै गएको हो ।

उद्यान व्यवस्थापनका अनुसार त्यहाँ दाङका साथै छिमेकी जिल्लाबाट अवलोकनका लागि मानिस आउने गरेका छन् । “बुद्धको मूर्ति स्थापनासँगै पर्यटकको सङ्ख्यामा समेत वृद्धि भएको छ, यसअघि कोरोनाको सङ्क्रमणले सुनसान उद्यानमा हाल भरिभराउ हुने गरेको छ”, भण्डारीले भने ।

चराचरुङ्गीको मधुर स्वर र प्राकृतिक एवं जैविक विविधताले भरिएको उद्यानमा बाल उद्यानदेखि वनस्पति र बगैँचासमेत छन् । त्यस्तै सानो चिडियाखानाले पनि आकर्षण बढाएको छ । त्यस्तै अम्बिकेश्वरी मन्दिर, छिलिकोटको कालिका मालिका मन्दिरमा पनि पर्यटकको चहलपहल बढेको छ । त्यस्तै गढवा गाउँपालिकाको कोइलावासमा रहेको रामजानकी मन्दिरमा पनि आन्तरिक पर्यटक आउन थालेका छन् ।  

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...