पुस १ गतेदेखि पशुपति मन्दिर दर्शनका लागि खुल्ने, प्रवेश गर्न र बाहिरिन छुट्टाछुट्टै ढोका प्रयोग गरिने

Pashupati temple

काठमाडौं । लकडाउनपछी बन्द भएको पशुपति नाथको मन्दिर पुष १ गतेदेखि खुल्ने भएको छ । गत चैत ११ गते नेपालमा लकडाउन भएसङ्गै नेपालका सबै मठमन्दिर दर्शनका लागि प्रतिबन्ध लगाइएको थियो । कोरोना सङ्क्रमणका कारण सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरेको थियो ।

त्यसयता बन्द रहेको पशुपतिनाथको मन्दिर झन्डै ९ महिनापछी पुस १ गतेदेखि खुल्ला हुने भएको हो । पशुपति बिकास कोषका सदस्य सचिव डा। प्रदीप ढकालका अनुसार पशुपति दर्शनका लागि प्रवेश गर्न एउटा ढोका र बाहिरिन अर्को ढोका प्रयोग गरिनेछ ।

प्रतिकृया दिनुहोस