श्रीमतीसँग रक्सी खाएको देखेपछि खुकुरी प्रहार

Khukuri2 1

काठमाडौं । काठमाडौँको बुढानीलकण्ठमा एक जनामाथि खुकुरी प्रहार भएको छ । श्रीमतीसँग रक्सी खाएको भेटेपछि बुढानीलकण्ठमा एक जना व्यक्तिमाथि खुकुरी प्रहार भएको हो । घटनामा सिन्धुपाल्चोकको चौतारा–४ घर भइ बुढानिलकण्ठ नगरपालिका–५ बस्दै आएका ३५ वर्षीय राजकुमार तामाङ गम्भीर घाइते भएका छन् ।

बाँसबारी अस्पतालमा प्रारम्भिक उपचारपछि हाल उनलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज भर्ना गरिएको छ । तामाङलाई खुकुरी प्रहार गर्ने बुढानीलकण्ठ –३, नयाँ चोक बस्ने ४८ वर्षीय विष्णु तिवारी महानगरीय प्रहरी प्रभाग, बुढानीलकण्ठले आइतबार दिउँसो पक्राउ गरेको छ । तिवारीमाथि म्याद थप गरेर विस्तृत अनुसन्धान महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले गरिरहेको छ । घटना भएका दुवै जनाले मादक पदार्थ सेवन गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

नेपाल दलित मुक्ति संगठनले भन्यो, ओलीको कदम असंवैधानिक छ

Dalit mukti sangathan

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक तवरले प्रतिनिधिसभा विगटन गरेपछि नेपाल कम्युन...