देशभर चिसो बढ्यो, काठमाडौंको तापक्रम ५ डिग्री मापन

Winter

काठमाडौँ । अहिले देशका उच्च पहाडी तथा हिमाली भेगको मौसम आंशिक बदली र अन्य स्थानमा सफा रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो पनि उच्च पहाडी र हिमाली एक दुई स्थानको मौसम बदली हुनु बाहेक देशभर सफा रहने महाशाखाकी मौसमबीद् शान्ति कंडेलले जानकारी दिइन् ।

उनका अनुसार मौसम बदली गराई वर्षा र हिमपात गराउने प्रणाली सक्रिय नभएका कारण मौसम सफा रहनेछ । महाशाखाका अनुसार न्यूनतम तापक्रम घटेर जुम्लाको तापक्रम माइनस २ दशमलव ५ डिग्री सेल्सियस तथा जीरीको तापक्रम माइनस शून्य दशमलव ६ डिग्री सेल्सियसमा झरेको छ । उपत्यकाको न्युनतम तापक्रम आज विहान ५ दशमलव ९ डिग्री सेल्सियस मापन भएको छ । दिउँसो बढेर २२ डिग्री सेल्सियसम्म पुग्ने महाशाखाले अनुमान छ ।

प्रतिकृया दिनुहोस