स्विडेनमाथि फ्रान्सको जित

Giroud griezmann france 1024x587

एजेन्सी । यूईएफए नेसन्स लिग अन्तर्गत समुह ए ४ को अन्तिम खेलमा सेमिफाइनल पुगिसकेको फ्रान्सले स्विडेनलाई ४–२ ले पराजित गरेको छ । यस जितसँगै स्विडेन भने लिग बी मा झरेको छ । खेलको पाँचौ मिनेटमा नै स्विडेनले भिक्टर क्लेसनको गोलमा अग्रता लिएको थियो । तर ओलिभिएर् जीरुडले १६ औं मिनेटमा खेल बराबरी गरे । उनले मार्कस थुरामको पासलाई सदुपयोग गरेका थिए । पहिलो हाफमै फ्रान्सले अग्रता लिन सफल भयो ।

खेलको ३६ औं मिनेटमा बेन्जामिन पाभार्डले गोल गरे । थुरामले पेनाल्टी क्षेत्रभित्र उत्कृष्ट मुभ बनाउँदै गरेको प्रहार रिबाउन्ड भएपछि आएको बलमा पाभार्डले लो भलीमा गोल गरेका थिए । दोस्रो हाफमा मैदान प्रवेश गरेका किलियन एम्बाप्पेले पनि खेलमा प्रभाव छाडे । ५८ औं मिनेटमा मैदान छिरेका उनले एक मिनेट नबित्दै दिएको क्रसमा जिरुडले हेडरमार्फत गोल गर्दै अग्रता दोब्बर पारे ।

रोबिन क्वेसनले ८८ औं मिनेटमा गोल गर्दै स्विडेनलाई खेलमा फर्कने अवसर सिर्जना गरे । तर इन्ज्युरी समयमा गोलरक्षक समेत फ्रिकिकका लागि अगाडी आएको अवस्थामा काउन्टर अट्याक हुँदा फ्रान्स गोल थप्न सफल रहयो । स्विडेनका गोलरक्षक नै फ्रान्सको बक्सतिर भएको अवस्थामा किंग्सले कोमनले काउन्टर अट्याकमा ३० यार्ड टाढाबाट सहज गोल गरे ।

यस समूहको अर्को खेलमा पोर्चुगलले क्रोएसियामाथि ३२ को जित दर्ता गरेपछि स्विडेन रेलिगेसनमा पर्यो । फ्रान्स ६ खेलमा अपराजित रहँदै १६ अंकका साथ अन्तिम चारमा प्रवेश गर्यो । पोर्चुगल १३ अंकसाथ दोस्रो स्थानमा रहयो । क्रोएसिया र स्विडेनको समान ३–३ अंक भएपनि गोलअन्तरमा क्रोएसियाले स्विडेनलाई उछिन्न सफल रहयो । स्विडेनले अर्को वर्ष लिग बी मा खेल्नेछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...