कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु

Corona dead body

काठमाडौँ । कोरोना भाइरस संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । २४ घण्टामा विभिन्‍न जिल्लामा थप ६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार औपचारिक रुपमा पुष्टि गरेको हो । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार २२१ जना पुगेको छ ।

२४ घण्टामा थप १ हजार ४७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ हजार ७९८ जना कोरोनामुक्त भएका छन् । मन्त्रालयका अनुसार हालसम्म नेपालमा २ लाख ९ हजार ७७६ संक्रमितको संख्या पुगेको छ । त्यसैगरी कोरोना संक्रमण निको हुनेको संख्या १ लाख ७३ हजार ४३० पुगेको छ ।

देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म ३५ हजार १२५ छ । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १ हजार २१ जना रहेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...