बोक्सीको आरोपमा ३ महिलालाई कुटपिट गर्ने ३ जना पक्राउ

Arest

दाङ । बोक्सीको आरोपमा ३ महिलालाई कुटपिट गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको तुलसीपुर उपमहानरपालिका–५ निवासी ३० वर्षीया एक महिलालाई कात्तिक १५ गते राति मदिरा सेवन गरेर संगीत नगर टोलका देबहादुर परियारले बोक्सी भन्दै गालीगलौज र हातपात गरेको आरोपमा प्रहरी पक्राउ गरेको छ ।

पीडित महिलाले दिएको जाहेरीका आधारमा परियारलाई पक्राउ गरिएको डीएसपी सुमित खड्काले जानकारी दिएका छन् । त्यसैगरी कात्तिक २१ गते घोराही उपमहानगरपालिका–१६ निवासी दुई महिलालाई बोक्सीको आरोप लगाउँदै गालिगलौज गर्ने थप दुई महिलालाई पनि प्रहरीले पक्राउ गरेको छ ।

बोक्सीको आरोप लगाउने र महिलामाथि कुटपिट गर्ने दुई फरक घटनामा संलग्न तीन आरोपीलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी सुमित खड्काले जानकारी दिएका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...