आइपिएलमा पाँचौं पटक उपाधि उचाल्यो मुम्बईले, उपाधी उचाल्ने दिल्ली क्यापिटल्सको सपना चकनाचुर

Ipl final

काठमाडौं । मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको उपाधि पाँचौं पटक जितेको छ । मंगलबार राति भएको फाइनलमा दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै मुम्बईले आइपिएलको उपाधि उचालेको हो ।

मुम्बईको यो पाँचौं आइपिएल उपाधि हो । यसअघि मुम्बईले २०१३, २०१५, २०१७, र २०१९ मा आइपिएलको उपाधि उचालेको थियो । आइपिएलमा पाँचौं पटक च्याम्पियन बन्ने क्रममा मुम्बइले दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गरेको छ ।

विजेता मुम्बइ इन्डयन्सले ट्रफीसँगै नगद १० करोड (भारतीय रुपैयाँ) हात पारेको छ भने पराजित दिल्लीले ६.२५ करोड (भारतीय रुपैयाँ) मा चित्त बुझाउन बाध्य भयो । प्लेअफमा पुग्ने सनराइजर्स हैदराबाद र रोयल च्यालेञ्जर्स बेङ्गलोरले ४.३७५ करोड (भारतीय रुपैयाँ) पाएको छ ।

पर्पल क्याप विजेता कगिसो रबडा (दिल्ली क्यापिटल्स (३० विकेट) र ओरेन्ज क्याप विजेता लोकेश राहुल (किङ्स इलावेन पञ्जाब ६७० रन) ले समान १०/१० लाख हात पारे ।

मुम्बईलाई पराजित गर्दै ऐतिहासिक उपाधि जित्ने दिल्लीको सपना चकनाचुर भएको छ । पहिलो पटक फाइनलमा पुगेको दिल्ली यो सिजनको आइपिएलमा मात्रै मुम्बई इन्डियन्ससँग लगातार चार पटक हार ब्यहोरेको हो ।

दिल्लीले मुम्बईलाई पराजित गर्दै उपाधि जित्ने ठूलो अवसर गुमाएको छ । यसअघि लगातार ब्यहोरेको तीनको हारको बदला लिनेगरी दिल्ली मैदानमा उत्रिएको थियो। तर दिल्ली फाइनलमा पनि हार्न पुग्यो। यसअघि दिल्लीले मुम्बईविरुद्धको पहिलो खेलमा ५ विकेटको हार ब्यहोरको थियो भने दोस्रो खेलमा ९ विकेटले हारेको थियो । प्लेअफको पहिलो क्वालिफायर खेलमा दिल्लीलाई ५७ रनले मुम्बईले पराजित गरेको थियो ।

१५७ रनको मध्यम चुनौती पाएको मुम्बईले १८.४ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य भेटायो । मुम्बईका लागि कप्तान रोहित शर्माले ५१ ब्लमा ६८ रन बनाउँदा इशान किशनले अविजित ३३, क्विन्टन डि ककले २० र सुर्यकुमार यादवले १९ रन बनाए । बलिङतर्फ एनरिच नोर्टजेले दुई विकेट लिए ।

खराब सुरुवात गरेको दिल्लीका ऋषभ पन्त र कप्तान श्रेयास आयरले चौथो विकेटका लागि ९६ रनको साझेदारी गरेपछि टोलीले सम्मानजनक योगफल बनाएको हो । ३८ बलमा २ छक्का र ४ चौकासहित ५६ रन बनाएका पन्त नाथान कोल्टर नीलको बलमा हार्दिक पाण्ड्याको हातमा क्याच आउट भए । यस्तै आयरले नटआउट ६५ रनको योगदान दिए । ५० बल खेलेका उनले २ छक्का र ४ चौका प्रहार गरेका थिए ।

यसअघि दिल्लीले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १५६ रन बनाएपछि मुम्बईलाई मध्यम लक्ष्य पेश गरेको थियो । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिल्लीविरुद्ध मुम्बई सुरुवातमै हावी भएको थियो ।

दिल्लीका अग्रपंक्तिका तीन ब्याट्सम्यान सस्तैमा समेटिदा दिल्ली सुरुवातमै दबाबमा आएको थियो । पहिलो बलमै मार्कस स्टोइनिस शुन्यमा आउट भए । त्यसपछि २.४ ओभरमा १६ रन हुँदा तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका अजिंक्या राहाने दुई रनमा पेविलियन फर्किए । ३.३ ओभरमा २२ रन हुँदा अर्का ओपनर शिखर धवन पनि १५ रनमा आउट भएसँगै दिल्ली धरापमा थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...